Wednesday, May 12, 2021
More
    •  
    •  
    •  
    •  
    •  
    •  

    Latest Posts

    मसाज गराउन गएका युवकले मसाज मात्र गर्छु अरु गर्दिन भने तर युवतीले…

    - Advertisement -
    •  
    •  
    •  
    •  
    •  
    •  

    मसाज सेन्टरमा मसाज गराउन पुगेका एक युवकले मसाज मात्र गराउने भन्दै यौन सम्बन्धका लागि अस्वीकार गरेपछि गम्भीर परिणाम भोग्नु परेको छ । युवकलाई २ युवतीसहित ४ जनाले यसरी कुटे कि उनका कैयौं हड्डी भाँचिए । पुलिसले चारैजना आरोपीलाई पक्राउ गरेको छ । खलीज टाइम्सका अनुसार पीडित युवक अल्जेरियाका हुन् भने उनलाई कुट्ने चारैजना भियतनामी हुन् ।

     

    यी भियतनामीहरु दुई महिला र २ पुरुष थिए । दुबइको जुन फ्ल्याटमा उनीहरु बस्थे त्यहाँ उनीहरुले मसाजको नाममा अवैध यौनधन्दा चलाउँथे । एक व्यक्ति मसाज गराउन उनीहरुको मसाज सेन्टर पुगे । उनले मसाजको लागि ४०० दिराम रकम बुझाए । ती व्यक्तिका अनुसार जब उनी भित्र गएर कपडा खोले त्यसपछि उनलाई टावेल समेत दिइएन । त्यसपछि त्यहाँ एक महिला आइन् । ती महिलाले उनीसँग यौनसम्बन्धी कुरा गर्न थालिन् ।

     

    पीडितका अनुसार उनले महिलासँग आफूले सेक्स नगर्ने र केवल मसाजको लागि आएको बताए । त्यसपछि उनीहरुबीच विवाद भयो र पीडित युवकले आफ्नो ४०० दिराम पैसा फिर्ता मागे । उनले पैसा फिर्ता मागेपछि झगडा भयो । पीडितले पुलिसलाई बताएअनुसार त्यहाँ तीन जना अरु मानिसहरु पनि थिए जसमध्ये अर्की एक केटी पनि थिइन् ।

     

    ती सबैले मिलेर उनलाई कुटपिट गरेकने पीडितले पुलिसलाई बताएका छन् । उनले आफूलाई स्टिल ट्युबले समेत कुटिएको बताएका छन् । पुलिले मसाज पार्लरको आडमा अवैध यौनधन्दा चलाएको र युवकलाई कुटपिट गरेको आरोपमा चारैजनामाथि मुद्दा चलाएको छ । कुटपिट गर्ने महिलाहरुको उमेर ३३ र ३५ वर्ष तथा पुरुषको उमेर ३९ र १८ वर्ष भएको बताइएको छ ।

     

    Comments

    0 comments

    Latest Posts

    Don't Miss

    Comments

    0 comments