ललिता निवासको जग्गा प्रकरणका विषयमा नेपाली कांग्रेसको भातृ संगठनले प्रदर्शन गरेका छन् । ।पार्टीका उपसभापति एवं ससदीय दलका उपनेता विजयकुमार गच्छदारमाथि बालुवाटारको सरकारी जग्गा हिनामिना गरी भ्रष्टाचार गरेको आरेपमा अख्तियार दुरुपयोय अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेको विरोधमा नेविसंघले प्रदर्शन गरेका हो।
‘संवैधानिक निकायमा सरकारी हस्तक्षेप बन्द गर’, ‘भ्रष्टाचारी सरकार चाइँदैन, निर्दोषलाई फसाउन पाइँदैन’, ‘ठगलाई सम्मान, निर्दोषलाई अदालत’, ‘विभेद र पूवाग्रह मानिँदैन, काण्डै काण्डको सरका चाहिँदैन’, लगायतका प्लेकार्ड बोकेका कांग्रेस कार्यकर्ताहरुले प्रदर्शन गरेका हुन्।अख्तियारलाई लगाएर सरकारले आफ्ना नेताहरुलाई फसाउन खोजेको भन्दै नेविसंघका भातृ संगठनले प्रदर्शनमा आएकाे बताए, ‘अख्तियारको यो निर्णय नसच्चिएसम्म आन्दोलन रोकिँदैन।’

हेरौँ केही तस्बिर
