सन् २०१७ की मिस नेपाल निकिता चाण्डकले चलचित्र ‘साङ्लो’ बाट अभिनयमा डेब्यू गर्दैछिन् । चलचित्रमा उनको जोडी एक्सन स्टार विराज भट्टसँग बाँधिएको छ । चलचित्रका निर्देशक पनि उनी नै हुन् । यही माघ २४ गतेबाट प्रदर्शनमा आउन लागेको यो चलचित्रकी निकिता सोलो अभिनेत्री हुन् । यसकारण उनको भूमिकाले चलचित्रमा विशेष अर्थ राख्ने अनुमान गरिएको छ । नेपाली चलचित्रमा अभिनेत्रीको रुपमा आफ्नो पहिचान बनाउन लागेकी निकिताले आफू मिस नेपाल भएपछि अभिनेत्री बन्ने सोच नबनाएको बताइन् । हेर्नुहोस् भिडियो –
https://youtu.be/e8TjP5jm2vU

