Wednesday, May 12, 2021
More
    •  
    •  
    •  
    •  
    •  
    •  

    Latest Posts

    मोटरसाइकलको ठक्करबाट एक बालकको मृत्यु, तीनजना घाइते

    - Advertisement -
    •  
    •  
    •  
    •  
    •  
    •  

    सर्लाहीको वरहथवामा मोटरसाइकलको ठक्करबाट एक बालकको मृत्यु भएको छ। घटनामा अन्य तीनजना घाइते भएका छन्।

     

    बरहथवा नगरपालिका-११ मा शनिबार राति ना ५२ प ५६५१ नम्बरको मोटरसाइकलले ठक्कर दिंदा स्थानीय रामप्रवेश मुखियाका १२ वर्षीय छोरा जुगल मुखियाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। ठक्करबाट बालकको घटनास्थलमै मत्यु भएको हो।

     

    मुखिया सँगै रहेका श्रवण मुखिया, शम्भु मुखिया र सुरेन्द्र महतो घाइते भएका छन्। उनीहलाई उपचारको लागि वीरगञ्ज लगिएको छ।दुर्घटनापछि मोटरसाइकल चालक फरार भएकाले खोजी भइरहेको प्रहरीले जनाएको छ।

    Comments

    0 comments

    Latest Posts

    Don't Miss

    Comments

    0 comments