साउथ फिल्मकी चर्चित अभिनेत्री हुन् तमन्ना भाटिया । चान्द सा रोशन चेहराबाट फिल्मी करियर शुरु गरेकी तमन्नाले हालसम्म धेरै फिल्ममा अभिनय गरिसकेकी छिन् । उनी साउथ स्टार प्रभासको फिल्म बाहुबली बाट धेरै नै चर्चामा आइन् ।
उक्त फिल्ममा उनको अभिनय दर्शकले निकै रुचाएका थिए । भारतिय मिडियाका अनुसार केही समयअघि उनले मुम्बईको बर्सोवामा महँगो घर किनेकी थिइन् । उनले दुई गुणा बढी मूल्य तिरेर ‘सी भ्यु अपार्टमेन्ट’ खरिद गरेकी हुन् । यस घरको लागि उनले १६ करोड भारतीय रुपैया खर्च गरेको बताइएको छ ।

त्यस्तै उनले घरको पुणनिर्माणको लागी मात्र ४ दशमलब ५६ करोड भारु खर्च गरेको बताइएको छ । उनले किनेको उक्त घरबाट चारैतिर समुन्द्र देखिन्छ । उनले आफ्नो घरको वरीपरि सबै सुविधाहरु राखेकी छिन् ।
