Wednesday, May 12, 2021
More
    •  
    •  
    •  
    •  
    •  
    •  

    Latest Posts

    यस्तो छ आजको राशिफल

    - Advertisement -
    •  
    •  
    •  
    •  
    •  
    •  

    आज  माघ १८ शनिवारको राशिफल

    मेष
    आज इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । छोटो दुरीको लाभदायक यात्रा हुनेछ । मित्र वा आफन्तको सहयोग मिल्नेछ । तिर्थाटनको योगपनि छ ।

    मिथुन
    एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ । साँझपख शुभ समाचार आउन सक्छ ।

    सिंह
    आज पुनर्मिलनको योगपनि रहेको छ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेकोछ । कूटनीतिक नियोगको सहयोगपनि मिल्ला ।

    तुला
    आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । बौद्धिकताको विकास हुनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।

    धनु
    आफन्तको प्रगतिमा मन रमाउनेछ । विद्या र बुद्धिको विकास हुनेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ ।

    कुम्भ
    शुभकार्यको चर्चा चल्नेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । कलकारखाना र बन्दव्यापारमा फाइदा हुनेछ । सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ ।

    बृष
    गरेका कार्यमा ढिलासुस्ती हुनेछ । समयको सही सदुपयोग नहोला । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । प्रेमप्रसङ्गमा समेत नरमाइलोपन आउनेछ ।

    कर्कट
    कला र गलाको प्रभाव बढ्नेछ । सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ ।

    कन्या
    आज दबाब र तनाव बढेको महसुस हुनेछ । प्रेमी प्रेमिकाका बिच खिन्नता बढ्नेछ । मनमा निरासा र शरीरमा आलस्यपनि आउला ।

    बृश्चिक
    आज नयाँ–नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । लगनशीलताले कामहरु अगाडी बढ्नेछन । मान प्रतिष्ठामा बृद्धि होला । धर्म,कर्ममा मन लाग्नेछ ।

    मकर
    जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्नेछ । मुद्दा मामिला आइलाग्नेछ । सौन्दर्यतामा धन खर्च हुनेछ ।

    मीन
    आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ ।

    Comments

    0 comments

    Latest Posts

    Don't Miss

    Comments

    0 comments