Saturday, May 15, 2021
More
    •  
    •  
    •  
    •  
    •  
    •  

    Latest Posts

    यि हुन् गर्भवती भएपछि देखिने लक्ष्णहरु

    - Advertisement -
    •  
    •  
    •  
    •  
    •  
    •  

    महिलाहरूमा गर्भावस्थामा आउने केही सुरुवाती परिवर्तन निम्नअनुसार छन् ।

    १‌)
    महिनाबारी रोकिन्छ । यो नै गर्भवती भएको सबैभन्दा पहिलो लक्षण हो ।

    २)
    सम्पूर्ण महिलामा आफू गर्भवती भएको अनुभूति स्वतस् हुन्छ र सत्य पनि हुन्छ ।

     

    ३)
    महिलाको स्तनमा परिवर्तन आउँछ । गर्भवती अवस्थामा स्तन दुख्ने तथा संवेदनशील हुने गर्छ भने कहिलेकाहीँ स्तनको टुप्पामा कालो रङ देखापर्छ ।

    ४)
    सहजै थकानको महसुस हुने गर्छ । यो अवस्थामा शरीरका हर्मोनमा वृद्धि भइरहेकाले महिलाहरूले चाँडै थकान तथा गाह्रो भएको महसुस गर्छन् ।

     

    ५)
    बारम्बार पिसाब लाग्ने गर्छ । यो अवस्थामा पिसाबनलीमा पाठेघरले बढी चाप दिने र मृगौलाबाट पनि अतिरिक्त रसायन निस्कने भएकाले महिलाहरूलाई ९ महिनासम्म बारम्बार पिसाब लाग्ने गर्छ ।

    ६)
    बिहानीपख ज्वरो आउने तथा वाकवाकी लाग्ने हुन्छ । गर्भवती अवस्थामा शरीरले नयाँ अवस्थाको सामना गर्नुपर्ने भएकाले यास्तो हुने गर्छ । बिहानीपख लाग्ने वाकवाकी विशेष गरी पहिलो महिना हुने गर्छ र विस्तारै घट्दै जान्छ ।

    ७)
    शरीर काम्ने तथा बेहोस हुने हुन्छ । यो अवस्थामा आमाले आफ्नो शरीरमा भएको प्रोटिन बच्चालाई पनि प्रदान गर्ने भएकाले आमालाई कमजोरी तथा बेहोसी हुने गरेको हो । यस्तो बेलामा आमाले धेरै प्रोटिन तथा भिटामिनयुक्त खाना खान आवश्यक हुन्छ ।

    ८)
    केही खानेकुरा खान मन पर्दैन । यो अवस्थामा बढी भिटामिनयुक्त र प्रोटिनयुक्त खानेकुरा खाइरहने हुँदा त्यस्तो अनुभूति हुने गरेको हो । तर त्यसो भयो भन्दैमा खान छोड्नु हुँदैन ।

    ९)
    केही बास्ना तथा गन्धदेखि एलर्जी हुन सक्छ । महिलाको शरीरमा भएको एस्ट्रोजन हर्मोनको साइड इफेक्टका कारण यस्तो हुने गर्छ ।

     

    १०)
    कब्जियत हुन सक्छ । यस्तो भएमा तुरुन्त डाक्टरकहाँ जानुपर्छ ।

    ११)
    गर्भवती अवस्थामा महिलाहरूको मन छिनछिनमा परिवर्तन हुन्छ । कहिलेकाहीँ उनीहरू ज्यादै सन्काहा हुन्छन् भने कहिले भावुक ।

    १२)
    शरीरको तापक्रम एकदम बढ्ने गर्छ । ढाड दुख्छ । पेटमा भएको बच्चाको तौलका कारण ढाड समस्या आएको हो ।

    Comments

    0 comments

    Latest Posts

    Don't Miss

    Comments

    0 comments