Wednesday, May 12, 2021
More
    •  
    •  
    •  
    •  
    •  
    •  

    Latest Posts

    यो देशमा अन्धकार ल्याऊनेहरु धेरै छन् तिनीहरुलाई खोजी खोजी हटाउनु पर्छ – हरिवंश आचार्य

    - Advertisement -
    •  
    •  
    •  
    •  
    •  
    •  

    नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल यही भदौ मसान्तमा सकिँदैछ । चार वर्षअघि जनार्दन शर्मा ऊर्जामन्त्री भएका बेला घिसिङलाई चार वर्षका लागि कार्यकारी निर्देशकमा नियुक्ति गरिएको थियो ।

     

    अहिले ऊर्जामन्त्री वर्षमान पुन छन् । अहिले नेकपाको सरकार छ । घिसिङलाई नियुक्ति नगर्ने, अर्कैलाई गर्ने भनेर सरकारले निर्णय गरेको पनि छैन । तर, सामाजिक सञ्जालमा व्यापक रूपमा घिसिङको ठाउँमा अर्कोलाई कार्यकारी निर्देशक नियुक्ति गर्न थालियो भन्दै ‘कुलमान घिसिङ चाहिन्छ’ भन्ने अभियान चलाइएको छ । घिसिङकै कारण दैनिक १८ घन्टासम्म हुने लोडसेडिङ घटेको आमजनताको बुझाई छ ।

     

    यसैगरि कलाकार हरिवंश आचार्यले पनि सामाजिक सञ्जालमा विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङलाई समर्थन जनाएका हुन् । साथै कलाकार आचार्यले यो देशमा अन्धकार ल्याऊनेहरु धेरै छन् तिनीहरुलाई खोजी खोजी हटाउनु पर्ने र उज्यालोमा ल्याउनेलाई सम्मान गर्नुपर्ने बताएका छन् । उनले फेसबुकमा कुलमानको तस्बिर राख्दै लेखेका छन्

    ‘यो देशमा अन्धकार ल्याऊनेहरु धेरै छन् तिनीहरुलाई खोजी खोजी हटाउनु पर्छ
    ऊज्यालो ल्याउनेलाई सम्मान गरौ । उहॅाको ऊर्जाले देशको ऊर्जा बढ्छ ।’

    Comments

    0 comments

    Latest Posts

    Don't Miss

    Comments

    0 comments