in ,

रणवीरको जुत्तालाइ नौ लाख लाइक

बलिउड अभिनेता रणबीर सिंह चलचित्रमा जति रमाइलो गर्छन्, वास्तविक जीवनमा पनि रणबीर  उत्तिकै रमाइलो गर्ने खालका छन् । त्यही भएर पनि हुनुपर्छ, उनको कपडा वा फेसनबारे बारम्बार सामाजिक सन्जालमा बहस भइरहेको हुन्छ । सधैं झैं यसपटक उनको जुत्ता चर्चामा आएको छ ।

 

 

उनी आफैंले सामाजिक सन्जाल इन्स्टाग्राममा एउटा तस्वीर राखेर यो चर्चा बटुलेका हुन् । तस्वीरमा उनले नयाँ स्टायलको जुत्ता लगाएका छन् । त्यसैले पनि हुनुपर्छ नौ लाखभन्दा धेरैले उनको यो जुत्ता मन पराएका छन् । रंगीन जुत्ता र टिसर्ट लगाएका रणवीरको यो फोटोमा निकै राम्रा कमेन्ट आएका पनि छन् । यसअघि रुद्राक्षको माला लगाएको उनको फोटो पनि सामाजिक सन्जालमा भाइरल भएको थियो

What do you think?

Written by Filmy News

अब यसरी आफैले चिन्नुहाेस् आफ्नाे असल र पराइ मित्रहरु

गायिका हरिमाया गुरुङ र सीता गुरुङको मौलिक लोकभाका ‘चरी बस्यो’ सार्वजनिक