in

रवि लामिछाने र उनकी पत्नी निकिता पौडेलमा कोरोना भाइरस संक्रमण

सञ्चारकर्मी रवि लामिछाने र उनकी पत्नी निकिता पौडेलमा कोरोना भाइरस संक्रमण देखिएको छ ।

 

यसको जानकारी लामिछाने आफैंले सामाजिक सन्जालमार्फत् दिएका छन् ।गत मंगलबार रातिबाट हल्का ज्वरो आएपछि बुधबार पीसीआर टेष्ट गर्दा आफूहरुमा कोरोना संक्रमण देखिएको लामिछानेले उल्लेख गरेका छन् । लामिछाने आफैंले आफू र पत्नी निकितालाई कोरोना संक्रमण भएको बिहीबार बिहान सार्वजनिक गरेका हुन् । उनले दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी पनि गराएका छन् ।‘गत मंगलबार राति बाट हल्का ज्वरो आए पछि हिजो पिसिआर टेष्ट गर्दा, म र निकीता दुबैमा कोरोना पोजेटिभ देखिएको छ। हामी दुबैको स्वास्थ सामान्य छ। केही पेशागत क्रियाकलापले र केही आफ्नै लापरबाहीले संक्रमण भएको हुन सक्दछ।

 

उनले फेसबुकमा लेखेका छन्, ‘गत मंगलबार रातिबाट हल्का ज्वरो आएपछि हिजो पीसीआर टेष्ट गर्दा, म र निकिता दुवैमा कोरोना पोजेटिभ देखिएको छ । हामी दुवैको स्वास्थ्य सामान्य छ । केही पेशागत क्रियाकलापले र केही आफ्नै लापरबाहीले संक्रमण भएको हुन सक्दछ । घरमा हामी दुई मात्र छौं त्यसैले धेरै समस्या छैन तर घरमा वृद्धअवस्थाका सदस्यहरु हुनेले चाहिँ बिल्कुल लापरबाही नगरौं ।’

What do you think?

Written by filmy news

नेपाली गीतसंगीत क्षेत्रकी सर्वाधिक महंगो गायिका बिष्णु माझी – गीतको २ लाख पारिश्रमिक लिइन्

Sony Pictures teams up with iconic video game classics in ‘PIXELS’