in ,

रामु बिरहीको “भागोस कोरोना”ठट्यौली सन्देश मुलक गीत टिकटकमा भाइरल हुँदै (भिडियो सहित)

साथीभाई डिजिटल म्यूजिक प्रा लि बाट बजारमा ल्याईएको रामु बिरहीको कोरोना सम्बन्धि ठट्यौली सन्देश मुलक गीत “हामी सोझा जनता देखि भागोस कोरोना” यतिखेरको समयमा टिकटमा भाईरल हुन सफल भएको छ ।

 

कोरोना भाइरसले विश्वलाई नै आक्रान्त परिरहेको यो अवस्था र यसैको संक्रमणबाट बच्नका लागि नेपाल सरकारले जारि गरेको लक डाउनको समय सदुपयोग गर्नका लागि पनि हुन सक्छ यस गीतले त्यति धेरै दर्शकहरुको माया प्राप्त गरेको । त्यसो त कलाकार रामु बिरही यस गीतबाट मात्र होइन अन्य धेरै गीत र हास्य विधाबाट पनि अशंख्य श्रोता तथा दर्शकहरुको मन मष्तिस्कमा बस्न सफल बनिसकेका छन् । प्रस्तुत गिर्ले टिकटकमा मात्र होइन युट्युबमा पनि उत्तिकै सफलता प्राप्त गरिसकेको छ ।

 

गीतमा केहि बिबादित तर्क राखिएकोले टिका टिप्पणी आएता पनि गायक तथा रामु बिरहीले फुलको आँखामा फुलै संसार भन्ने किसिमको प्रतिउत्तर दिएका छन् । गीतमा रामु बिरहीको नै लय शब्द स्वर र अभिनय्मा रहेको छ । गित रेकर्डिङ्ग गर्दा कै दिनदेखि गित बजारमा ल्याईस भने राम्रो हुने छैन भन्दै कल आएको कुरा पनि बिरहीले बताएका छन् । तर गित त्यति धेरै आपत्तिजन छैन बजार ल्याउनु पर्छ भन्ने धेरै दर्शक श्रोतहरुको साथ सपोर्टले गर्दा पनि बजारमा ल्याएको बताएका छन् । गीतमा भ्रष्टाचारी नेताहरुलाई लगोस कोरोना भनिएको र त्यसै कारणले बिबादमा तानिएको हो ।

 

हेर्नुस् भिडियो

What do you think?

Written by Filmy News

हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठको आज ७० औं जन्मदिन

पाथिभरामाताको दर्शन गर्दै पढ्नुहोस् आजको राशिफल