Friday, May 7, 2021
More
    •  
    •  
    •  
    •  
    •  
    •  

    Latest Posts

    रीमालाई दीपेन्द्रको व्यंग्य, ‘उहिलेको जमाना भएको भए कालो चिया बनाउन नसक्नेको बिहे नै हुँदैनथ्यो’

    - Advertisement -
    •  
    •  
    •  
    •  
    •  
    •  

    कोरोनाको संक्रमण रोक्न सरकारले गरेको ‘लकडाउन’मा नेपाली सेलिब्रेटीहरु अहिले खानेकुरा पकाउन सिकिरहेका छन् । उनीहरुले सार्वजनिक गर्ने तस्बिर तथा भिडियोबाट पनि सो अनुमान लगाउन सकिन्छ । अभिनेत्री रीमा विश्वकर्माले भने यो लकडाउनको समय कालो चिया उमाल्न सिकिसकेकी छन् । केही दिन पहिले उनले फेसबुकमार्फत यो खुसी शेयर गरेकी थिइन् ।

     

    उक्त खुसी शेयर गर्ने बितिकै उनी ट्रोल तथा सामाजिक सञ्जाल प्रयोगकर्ताको शिकार हुन पुगेकी छन् । अहिले सामाजिक सञ्जालदेखि ट्रोलमा समेत अहिले उनको मजाग उठाउने गरिएको छ । ‘लकडाउनको समयमा कालो चिया बनाउन सिकेँ । मसँग भान्साको काम गर्ने समय हुँदैन । मेरो कामको प्रकृति नै फरक छ । अब बल्ल पकाउन सिक्दैछु’ सामाजिक सञ्जालबाट उनले ब्यक्त गरेको यो कुरालाई अहिले विभिन्न खाले टिका टिप्पणी भइरहेका छन् ।

     

     

    त्यस्तै रीमाको उक्त स्टाटसमा निर्देशक दीपेन्द्र लामाले ब्याङ्ग्यपूर्ण कमेन्ट गरेका छन् ‘उहिलेको जमाना भएको भए कालो चिया बनाउन नसक्नेको बिहे नै हुँदैनथ्यो ।’

    Comments

    0 comments

    Latest Posts

    Don't Miss

    Comments

    0 comments