in ,

रेखाको कडा प्रश्न,‘सेलिब्रेटीले कोरोना रोक्ने बजेट जुटाउने हो र ?’

अभिनेत्री रेखा थापाले सेलिब्रेटीले कोरोना रोक्ने बजेट जुटाउने हो र ?भन्दै प्रश्न उठाएकी छन् ।

 

नेपाली कलाकारले कोरोना रोकथामका लागि सरकारलाई सहयोग नगरेको बिषयमा विभिन्न मिडिया तथा सामाजिक सञ्जालमा उब्जिएको प्रश्नको जवाफ दिँदै अभिनेत्री करिस्मा मानन्धरले आफ्नो सामाजिक सञ्जालबाट पोखेको आक्रोशपूर्ण स्ट्याटस ‘के सेलिब्रेटीले सबै समस्याको समाधान गर्नुपर्ने’को कमेन्ट गर्दै रेखाले सेलिब्रेटीले कोरोना रोक्ने बजेट जुटाउने हो र ? भन्दै प्रश्न गरेकी हुन् ।

 

रेखाले चन्दा फेसन जस्तो भएको आरोप समेत लगाएकी छन् । उनले अगाडि लेखेकी छन्, ‘परे राज्यले सबैको बैंक खाता कब्जा गर्लानी । अरुले यति दियो, उनले दिएनन् भन्नु भन्दा पनि सक्नेले दियौ नसक्नेले मागौं ।’

What do you think?

Written by Filmy News

सौगात र सृष्टि दुबैले भिडियो मार्फत गरे यस्ताे आग्रह

करिश्माको आक्रोश: के सेलिब्रेटीले सबै समस्याको समाधान गर्नुपर्ने हो,अनि के काम सरकारको ?