चलचित्र ‘नाई नभन्नु ल २’बाट नेपाली चलचित्र क्षेत्रमा भित्रिएकी नायिका वर्षा सिवाकोटीको आज जन्मदिन हो । उनी, आजबाट २६ बर्ष पुरा भएर २७ बर्षमा प्रवेश गरेकी छिन् ।
नायिका सिवाकोटीले आज जन्मदिनको कुनै त्यस्तो कार्यक्रम नभएको बताइन् । लकडाउनका कारण सबै नेपाली घरमै रहेकाले पनि वर्षाले जन्मदिनमा कुनै योजना बनाउन नपाएकी हुन् ।

यसअघि उनले जन्मदिनमा पशुपति मन्दिरमा पुजा गर्नुको साथै साथीभाई र मिडियाकर्मीसँगै केक काटेर मनाउने गरेकी थिइन् ।
