Saturday, May 15, 2021
More
    •  
    •  
    •  
    •  
    •  
    •  

    Latest Posts

    लकडाउनका बेला अभाव र संकटमा परेकालाई धुर्मुस-सुन्तलीले सहयोग गर्ने

    - Advertisement -
    •  
    •  
    •  
    •  
    •  
    •  

    नेपालका चर्चित हाँस्यकलाकार हुन् सिताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली) । धुर्मुस सुन्तली फाउण्डेशन मार्फत विभिन्न सामाजिक कार्यहरु गर्दै आएका धुर्मुस र सुन्तलीले कोरोनाभाइरसको रोकथाम तथा नियन्त्रणको लागि गरिएको लकडाउनमा समस्या परेकाहरुलाई सहयोग गर्ने बताएका छन् ।

     

    कोरोनाभाइरसबाट बच्न बिभिन्न सन्देशमुलक सामग्रीहरु युट्युबमार्फत सबैमाझ पुराएका यी दुईले अभाव तथा संकटमा परेकालाई सहयोग गर्ने बताएका हुन् । हास्यकलाकार कुन्जना घिमिरे सुन्तलीले आफ्नो फेसबुकमार्फत एक स्टाटस लेखी आफुहरुले धुर्मुस सुन्तली फाउण्डेशन मार्फत राहत, उद्दार तथा समन्वयकारी भूमिका निर्वाह गर्ने बताएका हुन् ।

     

    उनले आफ्नो फेसबुकमा लेखेकि छिन् – यो संकट तथा महामारीको बेला लकडाउनको पालना गर्नु हामी सबैको कर्तव्य हो ।हामी पनि लकडाउनको पालना गरी घरबाट नै बिभिन्न सन्देशमुलक सामग्रीहरु बनाईरहेका थियौं । कोरोना संक्रमणका कारण लकडाउन लम्बिदै गर्दा धेरै जनामा अभाव र सङ्कट सिर्जना भएको छ ।

     

    अब यो समयमा सबैजना मिलेर मानविय धर्म पनि निर्वाह गर्नुपर्छ । हामीले पनि धुर्मुस सुन्तली फाउण्डेशन मार्फत राहत, उद्दार तथा समन्वयकारी भूमिका निर्वाह गर्ने निर्णय गरेका छौं । यो विषम परिस्थितिमा कोही अभाव तथा संकटमा हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ । विपतमा पर्नुभएकाहरुलाई सहयोग गर्न र समन्वयकारी भूमिका निर्वाह गर्न हामी तयार छौं । सम्पर्कका लागि फोन नं. ९८४१७२१४१४ र ९८४२६८६४००

    Comments

    0 comments

    Latest Posts

    Don't Miss

    Comments

    0 comments