बलिउडका चर्चित अभिनेत्री हुन् तापसी पन्नु । दक्षिण भारतीय फिल्मबाट आफ्नो करियरको सुरु गरेकी तापसीले बलिउडमा पनि धेरैको मन जितेर राम्रो नाम कमाएकी छिन् । पछिल्लो समय कोरोनाभाइरसका कारण उनी घरमै समय बिताइरहेकी छिन् ।
धेरैजसो नयाँ फिल्मका कारण चर्चामा आइरहने तापसी पछिल्लो समय एक फरक कारणबाट चर्चामा आएकी छिन् । लकडाउनको समयमा समय बिताउन गाह्रो भइरहदा तापसीले भने घरमै योगाभ्यास गरिरहेकी छिन् ।

उनले आफुले योगाभ्यास गरेको एक तस्बिर सामाजिक सञ्जालमा शेयर गरेकी छिन् । उनले तस्बिर शेयर गर्दै शारीरिक रुपमा तन्दुरुस्त रहन योग गरिरहेको बताएकी छिन् । तस्बिरमा शरीरलाई आर्क बनाउन खोजेको देखिउको छ । यो तस्बिर दर्शकले धेरै नै रुचाएका छन् । तस्बिरमा उनका फ्यानहरुले राम्रा प्रतिक्रियाहरु दिएका छन् । एजेन्सी
