कोरोना भाइरसको संक्रमणबाट बच्न सरकारले चैत ११ देखि लकडाउन गरेको छ । यो समयमा सबै सेल्फ क्वारेन्टाइनमा बसिरहेका छन् । सबैलाई घरबाहिर ननिस्कन कलाकारले पनि आग्रह गरिरहेका छन् ।
अभिनेत्री रेखा थापाले पनि सबैलाई कोरोना भाइरसको संक्रमणबाट जोगिन सुरक्षित भएर दूरी कायम गरेर बस्नुपर्ने सबैको पहिलो कर्तव्य रहेको बताएकी छन्। आफ्नो फेसबुक पेजमा धारणा राख्दै नायिका थापाले इन्टरनेट र सञ्जाल मार्फत् आ-आफनो टोल समुदायको कार्य समूह बनाएर बस्नुपर्ने बताएकी छन् ।

‘१०÷१५ घरको बीचमा पाँच पाँचजनाको स्वयमसेवक टोली पनि सूचिकृत गरिराखौं’, उनले लेखेकी छन्, ‘अप्ठेरोमा परेका परिवारलाई मद्दत गर्ने अनलाइन नेटवर्क बनाइ राखौं । हामी सुरक्षित छौं र हुनेछौं ।’ उनले देशलाई भवितव्य पर्दा सबैको भूमिका के हुन्छ भन्नेबारे सोच्नुपर्ने बताएकी छन् ।
