in

लकडाउनले वाक्कदिक्क प्याक्क – नायिका वर्षा शिवाकोटी

नायिका वर्षा शिवाकोटी लकडाउनले वाक्क दिक्क प्याक्क भएकि छिन् ।

 

कोरोना भाइरस (काेभिड-१९) का कारण अहिले पनि देशभर लकडाउन जारी छ । लकडाउनका कारण कलाकारदेखि सर्वसाधारणसम्म सबै घरभित्र खुम्चिएर बस्न बाध्य भएका छन् । सँधै एक्सन कटका लागि सुटिङ लोकेसनमा ब्यस्त रहने कलाकारहरु यो लकडाउनमा पुस्तक पढेर र फिल्म हेरेर दिन काट्ने गरिरहेका छन् । उनीहरुले सामाजिक सञ्जालबाट सार्वजनिक गरिरहेको तस्बिर तथा स्टाटसहरूबाट पनि अनुमान लगाउन सकिन्छ ।

सुरुमा केही साताको लागि गरिएको लकडाउन दिन प्रतिदिन लम्बिदै गएपछि घरभित्र सधै रहनुपर्दा अहिले सबै मानिस वाक्क दिक्क भएका छन् । त्यस्तै अभिनेत्री वर्षा शिवाकोटी पनि लकडाउनका कारण आफु पनि वाक्कदिक्क भएको बताएकी छिन् । लकडाउनका दिनहरु योगा, पुस्तक अध्ययन र फिल्म हेरेर बिताउने गरेकी बर्षाले सामाजिक सञ्जालमार्फत लकडाउनले आफु निरास भएको बताएकी हुन् । वर्षाले एक तस्बिर पोष्ट गर्दै क्याम्पसनमा लेखेकी छिन् ‘वाक्क दिक्क प्याक्क भएको अवस्था ।

Barsha-Siwakoti

What do you think?

Written by Filmy News

पाथिभरामाताले सबैको रक्षा गरुन्, दर्शन गर्दै पढ्नुहोस् आजको राशिफल

पाथिभरामाताले सबैको रक्षा गरुन्, दर्शन गर्दै पढ्नुहोस् आजको राशिफल