Friday, May 7, 2021
More
    •  
    •  
    •  
    •  
    •  
    •  

    Latest Posts

    वार्षिक ९ खर्ब रेमिट्यान्स पठाउने लाखौ युवाहरुको बारे सरकार गहिरिएर सोचोस् – रेखा थापा

    - Advertisement -
    •  
    •  
    •  
    •  
    •  
    •  

    नायिका रेखा थापाले बिदेशिएका युबाहरुको सुरक्षाबारेमा सोच्न सरकारलाई आग्रह गरेकी छिन् । रेखाले वार्षिक ९ खर्ब रेमिट्यान्स पठाउने ति लाखौ युवाहरुको बारेमा गहिरिएर सोच्नु पर्ने दिन आएको बताएकी हुन् ।

    उनले आफुलाई बेरोजगारीको पिडा, परिवारको दायित्व र मनमा रहर बोकेर बिदेशको श्रम बजारमा जान बाध्य भएका युवाहरु लाश बनेर बाकसमा फर्केको हेर्न निकै गाह्रो भएको बताएकी छिन् । भर्खर मात्र नेपाल सरकारले विदेशमा लकडाउनले अलपत्र परेका २२ जनाको शव ल्याएको थियो । उनले नेपाली युवाहरु बिदेशमा बेचिनुपर्ने अवस्थाको अन्त्य गर्दै नेपालमा नै रोजगारी र अवसर दिन पनि सरकार समक्ष माग गरेकी छिन् ।

    रेखाले निकै भावुक हुँदै सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘बेरोजगारिको पिडा, परिवारको दायित्व र मनमा रहर बोकेर बिदेशको श्रम बजारमा धकेलिन वाध्य सयौ युवाहरु लास बनेर बाकसमा फर्केको हेर्न नसकिने भो । ति परिवारका सदस्यलाई कस्तो होला रु ति आमा दिदी बहिनिलाई कस्तो बेदना र सोक होलारु वार्षिक ९ खर्ब रेमिट्यान्स पठाउने ति सबै हाम्रा युवाको सुरक्षाबारे केही गर्न सकिन्न र रु देशमा उद्दोग रोजगारी र अवसर भये किन पराइ भुमिमा यसरी जोखिम लिनु पथ्र्यो होलारु केही त सोच सरकार १ के हिजो देखी आज र भोली पनि यिनै युवाको कमाइ खाएर यस्तै गरी बाकसमा लास पर्खिनेरु कहिले हुन्छ यो दुस्खको अन्त्य ।

    Comments

    0 comments

    Latest Posts

    Don't Miss

    Comments

    0 comments