in ,

विराज भट्टको चलचित्र ‘साङ्लो’ मा समावेश गीत ‘झ्याम्मै आँखा झ्याम्मै’ लाई चोरीको आरोप

विराज भट्ट निर्देशित फिल्म ‘साङ्लो’ मा समावेश गीत ‘झ्याम्मै आँखा झ्याम्मै’ लाई चोरीको आरोप लागेको छ । फिल्म रुद्रप्रियाका निर्देशक सुदीप भुपाल सिंहले गीतका शब्द चोरी गरेको आरोप लगाएका हुन् ।सुदीपले महानगरीय प्रहरी परिसर, टेकुमा गीत चोरीको आरोप लगाउँदै उजुरी दिएका हुन् । उनले गीतको मर्म बिगारेर चोरी भएको र क्रेडिट पनि नदिएको आरोप लगाएका छन् ।

गीतका शब्द चोरीको आरोप लगाउँदै सुदीपले संगीतकार सुरेद अधिकारी, गायक निशान भट्टराई र विराज भट्ट प्रोडक्सनविरुद्ध उजुरी दिएका छन् ।संगीतकार सुरेश अधिकारीले यो गीत सुदीपकै भएको स्वीकारे । युट्युबमा अपलोड गरिएको गीतमा यो गीतका शब्द निशान भट्टराईको भनिएको छ । यसलाई अधिकारीले प्राविधिक त्रुटि भएको बताएका छन् ।यता विराजले भने यो गीत आफूले सुरेश अधिकारीसँग लिएको र उक्त गीतबारे आफूलाई थाहा नभएको प्रतिक्रिया दिए । उनले फिल्मका लागि संगीतकार अधिकारीसँग गीतबारे कुरा गरेको बताए ।

 

गीत चोरीको आरोप लगाउने सुदीपले भने यो गीत कम्पोज गर्न सुरेश अधिकारीलाई ३ वर्षअघि दिएको प्रतिक्रिया दिए ।विराज भट्ट र निकिता चाण्डकको शीर्ष भूमिका रहेको यो फिल्म यही माघ २४ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

What do you think?

Written by filmy news

वरिष्ठ शाही उपाधि त्याग्नुको विकल्प थिएन – राजकुमार ह्यारी

रबि ओड र प्रविशा अधिकारीको आवाजमा ‘आउ आउ प्रियसी’ सार्वजनिक