बलिउड अभिनेत्री कल्की कोचलिन विवाहअघि नै आमा बनेकी छिन्। कल्कीले छोरीलाई जन्म दिएकी हुन्।आमा बनेसँगै उनले सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै आफू आमा बनेको जानकारी दिएकी छिन्। उनले आफ्नो छोरीको नाम ‘साफो’ राखेको स्टाटसमा उल्लेख गरेकी छिन्।
कल्कीले गर्भावस्थादेखि नै बच्चालाई लिएर निकै उत्साहित देखिन्थिन्। सामाजिक सञ्जालमा उनले बेबी बम्पको तस्विरहरु पोष्ट गर्दै आएकी थिइन्। कल्की लामो समयदेखि इजरायली नागरिक हर्षवर्गसँगको प्रेममा छिन्। तर उनीहरुले विवाह भने गरेका छैनन्।

