in

विवाह मण्डपबाटै पुरोहित र बेहुला तथा बेहुला बेहुलीसहित ६ जना पक्राउ

रौतहटमा विवाह मण्डपबाटै पुरोहित र बेहुला तथा बेहुला बेहुलीका परिवारका सदस्य पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रौतहटकाअनुसार बाल विवाह गराउन लागेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो ।

गरुडा नगरपालिका–५ शिवनगर मन्दिरमा बाल विवाह गराइरहेको अवस्थामा ईशनाथ ३ औरैयाका बेहुला मुकेश गिरी, बेहुलाका बुबा रामसागर गिरी, बेहुलाका काका रामाशेष गिरी, बेहुलीकी आमा सर्लाही हरिपुर २ हरिपुरकी लक्ष्मी गिरी र बेहुलीकी काकी गीता गिरी र पुरोहित ईशनाथ ३ औरैयाका कपिलदेव चौबेलाई पक्राउ गरिएको हो ।

आर्थिक प्रलोभनमा १५ वर्षीया बालिकाको फरक क्षमता(बहिरा) भएका २४ वर्षीय युवकसँग विवाह गर्न लागेको सूचना पाएको प्रहरीले विवाह मण्डपबाट हस्तक्षेप गरी उनीहरुलाई पक्राउ गरिएको जनाएको छ । पक्राउ परेकाहरुमाथि कानुनी कारबाही प्रक्रिया सुरु भएको प्रहरीले जानकारी दिएको छ । बालविवाह सम्बन्धी कसुरमा रौतहट जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरी उनीहरुमाथि आवश्यक अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ ।

What do you think?

Written by filmy news

पोखरामा ऋषी धमला पत्नी एलिजा गौतमको फोटोसुट, रातो लुगामा खुलिन् एलिजा

३१ बर्ष लागिन् नायिका केकी अधिकारी