in ,

विश्वमै सबैभन्दा बढी खोजिने गायिकाको दोस्रो नम्बरमा परिन् नेहा कक्कड

बलिउडकी चर्चित गायिका नेहा कक्कड विश्वमै सर्वाधिक खोजिने गायिकामा परेकी छिन् । उनी विश्वमै सबैभन्दा बढी सर्च गर्नेमा परेकी हुन् । भारतिय मिडियाका अनुसार उनलाई युट्युबमा सबैभन्दा धेरै पटक खोजिएको छ ।

 

उनी विश्वभरमा बढी खोजिने गायिकामा दोस्रो नम्बरमा परेकी छिन् । आफु विश्वकै सबैभन्दा बढी खोजिने गायिकामा दोस्रो स्थानमा परेको बारे गायिकाम नेहाले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत जानकारी गराएकी हुन् । आफु विश्वमै धेरै खोजिनेमा परेपछि उनले इन्स्टाग्राममार्फत सबै फ्यानलाई धन्यवनद दिएकी छिन् ।

 

उनलाई ४ दशमलव ५ बिलियन दर्शकले खोजेका छन् । भने पहिलो स्थानमा रहेका कार्डी बीलाई कुल ४ दशमलव ८ बिलियन दर्शकले युट्युबमा खोजेका छन् । नेहा भारतकै नम्बर वान गायिका र इण्डियन आइडलकी जज पनि हुन् । उनले हालसम्म धेरै गीतहरु गाएकी छिन् ।

What do you think?

Written by Filmy News

यस्ताे घरमा बस्छिन् अभिनेत्री तमन्ना भाटिया

पाथिभरामाताको दर्शन गर्दै पढ्नुहोस् आजको राशिफल