१)
मानवीय भेदभाव र धर्म प्रसार बन्द हुनुपर्छ
संस्कार र संस्कृति काट्ने औजार बन्द हुनुपर्छ
हत्या, हिंसात्मक रोगहरू थुप्रै छन्, यो देशमा,
तर सबभन्दा पहिला यहाँ बलात्कार बन्द हुनुपर्छ ।

२)
यहाँ, विकास नाउँमा देश गन्द छ
गाउँ शहरमा बाटाघाटाहरू बन्द छ।
आऔँ, सबै जुटी राष्ट्र नव निर्माण गरौं,
जहाँ, भोकमरी र बेरोजगारी टन्न छ।।
३)
म देख्छु यो शहरमा मान्छे थरीथरी कै।
कोई मस्त त कसैले कर्म गर्छन् भरीभरी कै ।।
कसैको भित्री मनमा जती पाप भएपनि,
तर बाहिरी पुण्य-पुजा गर्छन् हरीहरी कै।
४)
झिस्मिसे पानी र कालो घाम हुनेछ
कात्रोमा लेखिएको ठुलो राम हुनेछ।
चितामा जलाउनु अघि कपडा च्यातिदेलान्,
हेर्नु है, छातीमा तिम्रै सानो नाम हुनेछ।।
५)
आजभोली मलाई कसैको भर हुदैन्
हास्ने अनि संग(संगै रम्ने रहर हुदैन।
जिवनमा विघ्न र बाधा धेरै भएपनि,
तर उसलाई नसम्झेको कुनै प्रहर हुदैन।
६)
छन त मेरा पनि मित्र धेरै छन
जान्न र बुझ्नै गाह्रा अलि बिचित्र छन।
भित्र जति मनमा पाप खेलाएपनि,
तर बाहिर हेर्दा त सारै पवित्र छन।।
७)
यताकतै घरवार छैन तिर्पाल छ
बेहाल संग-संगै मात्र नुन चामल छ।
अनि कसरी बाँच्छन त हजुर, बिरामी यहाँ ?
औषधि उपचार नहुने त अस्पताल छ।।
८)
जिवनभरी गरिबीको चोट लागेपछि
कर्म भाग्य दुबै तिर खोट देखेपछि ।
प्रेम त छिन भरमै लिलाम हुदो रैछ,
ठुल्ठुला महल अनि नोट छापेपछि।।
शिशिर ठकुरी
