in ,

श्रीमती रिसाउदा फकाउने सजिलो उपाय यस्तो छ

१.) शान्तिसँग गरिएका हरेक काम सफल हुन्छन् । यदी तपाईकाे  श्रीमती रिसाएकी छिन् वा रिसाउने बानी छ भने सबैभन्दा पहिला आफु शान्त रहनुहोस् । तपाई पनि रिसाउनु भयो भने समस्या झन् जटिल बन्छ । यसकारण शान्त र संयम रहनुहोस् ।

 

२.) कुनै पनि समस्याको हल निकाल्न छ भने त्यसबारे जान्न खोज्नुहोस् । जब समस्या नै पत्ता लगाइदैन भने समाधान कसरी खोज्नुहुन्छ । श्रीमतीको रिस शान्त गराउन पनि समस्या बुझ्न प्रयास गर्नुहोस् ।

 

३.) जब श्रीमती रिसाएको समस्याबारे थाहा पाउनुहुन्छ, समाधानतिर लाग्नुहोस् । जतिसक्दो समाधानतिर लाग्नुुहुन्छ श्रीमतीको रिस शान्त हुने वातावरण बन्छ भने घरमा एउटा रमाइलो वातावरण बन्दै जान्छ ।

 

४.) महिलाहरु प्राय पुरुषहरुले समय नदिएका कारण रिसाउने गर्छन् । पहिला उनीहरुको कुरा सुन्नुहोस् । सकिने अवस्था छ भने उनीहरुलाई बुझाउने प्रयास गर्नुहोस् । प्राय महिलाहरु साना साना कुरामा पनि धेरै रिसाउने गर्छन् । ती गल्तीहरुबाट उम्कने काम गर्नुहोस् ।

 

५.) यदी तपाईको बच्चाहरु छन् भने उनीहरुसँग पनि उपाय लिनसक्नु हुन्छ । प्राय बच्चाहरुसँग महिला नजिक हुने गर्छन् । उनीहरुलाई पनि महिलाहरुको समस्याबारे थाहा हुन्छ । यसले पनि ठुलो मदत दिने काम गर्छ ।

What do you think?

Written by Filmy News

अब घरमै बसेर हेर्नुहोस् डिशहोममा चलचित्र ‘बुलबुल’

सुन्दै अचम्म लाग्ने खबरः महिलाले प्रयोग गरेका ब्रा र पेन्टी चोरी गर्ने नेपाली चोर रंगेहात पक्राउ