in

श्वेताश्री फाउन्डेशनलाई सनराइज बैंककाे ५ लाख सहयोग

सनराइज बैंकले सिन्धुपाल्चोकका भूकम्प पिडित माझीहरूलाई एकीकृत बस्ती निर्माण गर्दै आएको श्वेताश्री फाउन्डेशन (एसएसएफ) लाई रू. ५ लाख सहयोग गरेको छ ।

 

बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त रकम फाउन्डेशनलाई हस्तान्तरण गरेको बताएको छ । बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले शुक्रवार श्वेताश्री फाउन्डेशनलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरे । सो अवसरमा नायिका श्वेता खड्काले फाउन्डेशनलाई विश्वास गरेकोमा सन्राइज बैंकप्रति कृतज्ञ भएको बताइन् ।

 

फाउन्डेशनले स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठको सम्झनामा २०७३ फागुन १५ गतेदेखि सिन्धुपाल्चोकको माझी बस्तीमा ५३ ओटा आधुनिक र सुविधासम्पन्न घरहरू निर्माण गरिरहेको छ ।

What do you think?

Written by Filmy News

होम क्वारेन्टिनमा मृत्यु भएकी महिलाको रिपोर्ट नेगेटिभ

यी नेपाली कलाकार जो मासु खादैनन्! (भिडियोसहित)