सम्झिने अनि बस्ने हो एउटा विगत थियो भनेर
चित्त बुझाउने हो कसैको मन बदलियो भनेर।
हजारौं होलान् उसका समय बिताउने तरिका,
म सजिलै बिर्सिन सक्दिनँ उसले बिर्सियो भनेर।

मैनबत्ती जस्तै बन्न चाहेकी हुँ उसको जिन्दगीमा,
पछुतो मान्दिन म आफ्नै जिन्दगी सकियो भनेर।
हुन त आफै औकात देखाएर ऊ टाढिएको हो,
मैलाई दोषी बनायो तेरो औकात देखियो भनेर।
मर्छु, मार्छु कहिल्यै भन्दिनँ बरू तड्पिन्छु आफैं,
सुन्न नपरोस् मेरो लागि कोही तड्पियो भनेर।
©लुरी
