in

साउनको तेस्रो सोमबार, ॐ नम: शिवाय मन्त्रको जप गर्दै, हेर्नुहोस् वि.सं.२०७७ साउन १९ गतेको राशिफल

मेष
केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला,सवारी साधन चलाउँदा संयमित रहनुहोला,शारीरिक चोटपटकको योग देखिएकाले सजग रहनुहोला, आजको शुभ अंक २ रहेको छ ।

 

बृष
भाग्यले साथ दिनेछ,कमजोरीको फाइदा लिनेहरू सक्रिय रहने विश्वासघात हुन सक्छ,घरायसी व्यवहारबाट टाढै रहँदा करियर बनाउन सहज हुनेछ,आजको शुभ अंक ८ रहेको छ ।

 

मिथुन
विशिष्ट नयाँ काम गर्ने मौका छ,प्रेममा खटपट हुनेर पति–पत्नीबीचमा मतभेद हुने सम्भावना भएकोले थोरै बोल्नुहोला, किनमेल गर्दा सजग रहनु होला,आजको शुभ अंक ३ रहेको छ ।

 

कर्कट
व्यावसायिक काममा खर्च बढ्नेछ,झुटा आरोप पनि लाग्नेछन्,नगद सापटी लिएका साथीहरूले समयमै ऋण नतिर्दा आर्थिक झन्झट आइलाग्न सक्छ,आजको शुभ अंक ७ रहेको छ ।

 

सिहं
मर्यादा पालन नगर्दा अफिसियल कार्यमा अवरोध सिर्जना हुनसक्छ,साहसी काम गरेर अरूको परिवारको मन जित्न सकिनेछ, मानसम्मान मिल्नेछ ,आजको शुभ अंक ९ रहेको छ ।

 

कन्या
विपरीत लिंगी साथीले नयाँ उपलब्धि हात पार्दा हर्षित भइनेछ,रिसलाई बसमा राख्नु बुद्धिमतापूर्ण हुनेछ , खानपिनमा सजग रहनु होला,आजको शुभ अंक ५ रहेको छ ।

 

तुला
संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ,पढाई,लेखाई एवं प्रतिभाका कार्यमा सफलता मिल्ने छ,विश्वास जित्नै अघि बढ्न सकिने छ, आजको शुभ अंक ४ रहेको छ ।

 

बृश्चिक
गुमेको विश्वास फर्कने वातावरण पनि मिल्नेछ,अपराह्नदेखि काम बिग्रने भयले सताउन सक्छ,अलंकार आदि उपहार पाइने योग छ, आजको शुभ अंक ७ रहेको छ ।

 

धनु
नाक तथा घाँटीमा समस्या आउला ,सामानहरू छुट्नेरहराउने सम्भावना छ,आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ, आजको शुभ अंक १० रहेको छ ।

 

मकर
अप्रिय समाचारले दुःखी बनाउन सक्छ,पति–पत्नीबीच मतभेद र प्रेममा खटपट हुन सक्ने भएकोले संयम हुनुहोला, बाध्यतापूर्ण काममै समय बित्न सक्छ,आजको शुभ अंक ४ रहेको छ ।

 

कुम्भ
सुरक्षाकर्मी बाट अपमानित हुनुपर्ला,चियोचर्चो गर्नेहरूसँग सावधानी अपनाउनुपर्ने समय छ,प्रशंसा गर्नेहरू भित्रभित्रै आलोचना गर्न थाल्नेछन्, आजको शुभ अंक ६ रहेको छ ।

 

मीन
अधुरा काम सम्पादन गर्न सकिनेछ,बोलीको गलत अर्थ लाग्ने र लेनदेनमा विवाद बढ्ने सम्भावना छ,आफन्त बीच अविश्वास बढ्ला, आजको शुभ अंक १ रहेको छ ।

What do you think?

Written by Filmy News

पाथिभरामाताले सबैको रक्षा गरुन्, शेयर गर्दै पढ्नुहोस् आजको राशिफल

भगवान गणेशको दर्शन गर्दै हेर्नुहोस वि.सं.२०७७ साउन २७ गते मंगलवारको राशिफल