शुक्रबारबाट दुई नेपाली चलचित्र एक साथ रिलिज भएका छन् । विपिन कार्की अभिनित चलचित्र ‘सेल्फी किङ’ र विराज भट्ट निर्देशित चलचित्र ‘साङ्लो’ शुक्रबारबाट मुलुकका सिनेमा हलमा रिलिज भएका छन् । यी दुई चलचित्रबीच राम्रो प्रतिस्पर्धा हुने देखिएको छ ।
https://youtu.be/FYUxQ-_KaqU
विराजको ‘साङ्लो’ एक्सन ड्रामा सिनेमाको हो भने विपिनको ‘सेल्फी किङ्’ ड्रामा श्रेणीको सिनेमाको हो।सेल्फी किङ्ग,लाई डेब्यू निर्देशक विशाल सापकोटाले निर्देशन गरेका हुन्। यस सिनेमाले ‘सेल्फी किङ्ग’ नामले चर्चित गोपाल नामक हास्य कलाकारको तीन दिनको कथा पेस गर्छ।यसैगरी ‘साङ्लो’ सिनेमाले मानव तस्करीको कथा पेस गर्छ।यसै सिनेमाबाट पूर्व मिस नेपाल निकिता चाण्डकले नेपाली रजतपटमा डेब्यू गर्दैछिन्।

https://youtu.be/e8TjP5jm2vU
https://youtu.be/_x4_g9HdFIU
