in ,

साम्राज्ञी राज्यलक्ष्मी शाह- बर्षमा अब एक मात्र फिल्म गर्दै

लकडाउनका कारण अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह बिगत १० दिन देखि घरभित्र नै छिन् । यो लकडाउनको समय उनी घरमा फिल्म हेरेर बिताइरहेकी छन् ।

 

 

बेलाबेलामा उनी सामाजिक सञ्जालको माध्यमबाट आफ्ना फ्यानसँग पनि जोडिने गरेकी छन् । सो क्रममा उनले फ्यानलाई कोरोनाबाट जोगिन बिषेश सावधानी अपनाउन र सुरक्षित रहन अनुरोध समेत गर्दै आइएकी छन् ।

 

साम्राज्ञीले इन्स्टाग्राममा बेलाबेलामा आफुले घरमा गर्ने क्रियाकलापको तस्बिर तथा भिडियो समेत शेयर गर्ने गर्दछिन् । सोही क्रममा उनी फ्यानको प्रश्नको जवाफ समे्त दिने गरेकी छन् । यस्तैमा उनले हालै एक फ्यानले नयाँ फिल्मको बारेमा सोधेको प्रश्नको जवाफ समेत दिएकी छन् ।

 

https://youtu.be/uBjHkgM6uC8

‘अहिले नयाँ फिल्म कुनै साइन गरेको छैन । बर्षमा अब एक मात्र फिल्म गर्छु’ फ्यानको जवाफमा उनले भनेकी छन् ‘राम्रो स्क्रिप्टको अफर आएन भने बरु गर्दिन ।’ आफुले गरेको मिहिनेत अनुसारको अहिलेसम्म परिणाम नमिलेको उनको भनाई रहेको छ ।

What do you think?

Written by Filmy News

पाथिभरामाताको दर्शन गर्दै पढ्नुहोस् आजको राशिफल

कोरोना भाइरसका कारण दैनिक जिविको पार्जनमा समस्या भएकालाइ नायक पलले गरे पाँच लाखकाे सहयोग