सिन्धुलीमा थप तीन जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
जिल्लाको कमलामाई नगरपालिका वडा नम्बर ७ का एक, वडा नम्बर १० का एक जना र दूधौली नगरपालिका ८ का एक जना गरी तीन जना पुरुषमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको जिल्ला अस्पताल सिन्धुलीका अध्यक्ष प्रलाद पोखरेलले जानकारी दिएका छन् ।

संक्रमित तीनै पुरुष भारतबाट रोजगार गुमाएर फर्किएका हुन् । उनीहरु एक साताअघि स्थानीय क्वारेन्टाइनमा बसेका थिए । योसंगै जिल्लामा कोरोना संक्रमितहरुको संख्या ८ पुगेको छ ।
