in

सुमी मोक्तान र भिजु पार्कीले जिते डान्सिङ वीथ द स्टार्स नेपालको उपाधी

sumi moktan dancing with the stars

डान्सिङ वीथ द स्टार्स नेपालको उपाधी सुमी मोक्तान र भिजु पार्कीले हात पारेका छन् । यो उपाधी संगै यो जोडीले २० लाख नगद पुरस्कार पाएको छ ।

हिमालय टिभीबाट प्रशारण भएको डान्स रियालिटी शोमा उत्कृष्ठ तीनमा सुमि मोक्तान र भिजु पार्की (टिम सुभिजु), प्रियाना आचार्य ‘मुन्नी’ र सुभम भुजेल (टिम प्रियम) र बुद्ध लामा र केबिका खत्री (टिम बुद्धिका) विच अन्तिम प्रतिस्पर्धा भएको थियो । कार्यक्रममा फष्ट रनरअपको उपाधी टिम बुद्धिकाले पाए भने सेकेण्ड रनरअप प्रियम जोडी भएका थिए ।

उपाधिसँगै उनीहरूले २० लाख पुरस्कारसमेत जितेका छन्।साथै विभिन्न गिफ्ट ह्याम्पर पनि उनीहरूले प्रा प्त गरेका छन्। विजेतालाई हिमालय टिभीका प्रमुख धर्मराज भुसालले ट्रफी प्रदान गरेका थिए।यस्तै फर्स्ट रनरअपको उपाधि बुद्ध लामा र केविका गुरुङले प्राप्त गरे। सेकेन्ड रनरअप प्रियना आचार्य र सुभम् भुजेल बने। उनीहरुले पनि विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरे।

हिमालय टेलिभिजनबाट हरेक हप्ताको शुक्रबार र शनिबार यो शो प्रसारण हुँदै आएको थियो।यो शो मा निर्णायकको रूपमा गौरी मल्ल, दिलिप रायमाझी र रेनशा वान्तवा राई थिए।१२ जना स्टारहरूबाट प्रतिस्पर्धाको सुरुआत भएको थियो। १२ जना स्टार प्रतिस्पर्धी र उनीहरूको कोरियोग्राफर पार्टनरले डानस गर्दै आएका थिए।

What do you think?

Written by filmy news

कपाल झर्ने समस्या छ? यसरी गर्नुहोस् घरमैं उपचार

फेसबुकमा फोटो पोस्ट गर्न ६३ बर्षिय अनिल कपुरले शरीरका रौंहरु हटाए