नेपाली चलचित्र नगरिका दुई नायिका सुष्मा कार्की र पूजा शर्माको विवादले समाजिक संजाल निकै चर्किएको छ।
सुष्माका अन्तर्वार्तामा पूजालाइ लगातार नकारात्मक बोलेको भन्दै सामाजिक संजालमा पूजाका फ्यान निकै भड्किएका छन्। सोहि कारण सुष्मा लगातार पूजाले फेक फ्यान पेज बनाएर आफुलाई गाली गरेको बताउदै आएकी छिन्। उनले एक अन्तर्वार्तामा आफु संग प्रमाण रहेको र साइबर क्राइममा मुद्दा दर्ता गराएको समेत बताएकी थिइन्। निकै लामो समयबाट चर्किएको यो बिषयमा पूजाले खासै जवाफ फर्काएकी थिइनन्। तर उनले आज आफ्नो जन्मदिनको अवसर पारेर दिएको एक अन्तर्वार्तामा यो बिषयमा मुख खोलेकी छिन्।

पूजा भन्छिन्, ‘मेरो सुष्मा जी संग प्रत्यक्ष चिनजान छैन। भेटघाट पनि यादाकदा एकदुई पटक भएको होला। सोहि कारण उहासंग बोलचाल समेत भएको छैन। सोहि कारण पनि यो बिषयमा मैले बोल्न उचित ठानिन।’ उनि अगाडी थप्छिन्,’मैले उहाको नाम कहिले लिएको पनि छैन र उहाको बारेमा केहि बोलेको पनि छैन। उहा आफै बोल्ने अनि उल्टो मलाई नै गाली गर्ने। टेकु प्रहरी परिसरबाट फोन आउदा पनि मैले यहि भनेकी हु। जब मेरो कुनै गल्ति छैन र कोहि मलाई नै लगातार गाली गरिरहेको छ भने म आफै किन जाने त्यहाँ।’
सुष्माले निर्देशक सुदर्शन थापालाई पनि पूजाको व्याईफ्रेन्ड भनेर सम्बोधन गरेकी थिइन्। सोहि बिषयमा पनि पूजा भन्छिन्, ‘ सुदर्शन जी एकजना निर्देशक हो। उहाको कम्पनि संग पनि सुदर्शन जीले राम्रो चलचित्र दिनुभएको छ। सुदर्शन जी कम बोल्नु हुन्छ भनेर उहालाई होच्याउने काम गरियो।’ हामी दुईको गलत सम्बन्ध बताएर दर्शकमा नराम्रो छवी बनाउने कोसिस गरियो।
