आगामि शुक्रबार बाट सार्वजनिक हुने चलचित्र ‘सेन्टी भाइरस’मा समावेश ‘आफ्नो पार्टी जिताइदे’ बोलको गीत सार्वजनिक गरिएको छ । प्रमोद खरेल र विद्या तिवारीको आवाजमा समावेश यो गीतमा सुशान्त गौतमको संगीत, हर्क साउदको शब्द रहेकाे छ ।
https://www.youtube.com/watch?v=AOBPRe1cQ1o
उक्त गीतले विशेषगरि, चलचित्रको भाव बोकेको छ । राजनीतिक बिषयवस्तुमा तयार भएको यो चलचित्रलाई रामबाबु गुरुङले निर्देशन गरेका हुन् ।यो भिडियोको निर्देशन भने दीपक आचार्यले गरेका हुन् । एलिस राइले कोरियोग्राफी गरेको यो गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार विल्सन विक्रम राई, कुञ्जना घिमिरे, सन्दिप क्षेत्री, पुष्प आचार्य, मधुसुदन पाठक, सन्जु शाह, एलिस राइको अभिनय छ ।

