Friday, May 7, 2021
More
    •  
    •  
    •  
    •  
    •  
    •  

    Latest Posts

    हलिउड अभिनेता चाडविक बोजम्यानको ४३ वर्षको उमेरमा निधन, यस्तो छ कारण

    - Advertisement -
    •  
    •  
    •  
    •  
    •  
    •  

    हलिउड अभिनेता चाडविक बोजम्यानको निधन भएको छ।चलचित्र ब्ल्याक प्यान्थरमा निर्वाह गरेको भूमिकाका कारण लोकप्रिय बनेका अभिनेता बोजम्यानको ४३ वर्षको उमेरमा निधन भएको उनको परिवारले जनाएको अमेरिकी सञ्चामाध्यमले उल्लेख गरेका छन्।

     

    बोजम्यानको क्यान्सरका कारण निधन भएको हो । लस एन्जलस स्थित घरमा उनको निधन भएको र निधनका बेला श्रीमती र परिवारका सदस्य उनको छेउमा रहेको जनाइएको छ।बोजम्यानले क्यान्सर लागेको बारे सार्वजनिक रुपमा केही बताएका थिएनन्।मार्शल, डा ५ ब्लड्स, ब्ल्याक बटमसहितका चलचित्रहरु क्यान्सरबाट मुक्त हुनका लागि गरिएका शल्यक्रिया तथा किमोथेरापीको क्रममा छायाँकन भएको परिवारले जानकारी गरेको वक्तव्यमा उल्लेख छ। उनी सच्चा योद्धा रहेको वक्तव्यमा उल्लेख छ।

    बोजम्यानले धेरै उत्कृष्ट चलचित्रमा काम गरेका छन्। तर सन् २०१८ को ब्लकबस्टर ब्ल्याक प्यान्थरले उनको चर्चा शिखरमा पुर्‍यायो।ओस्कारमा सर्वोत्कृष्ट चलचित्रका लागि मनोनयनमा पर्ने पहिलो सुपरहिरो चलचित्र थियो ब्ल्याक प्यान्थर। अरु ६ बिधामा पनि सो चलचित्र मनोनयनमा परेको थियो।

    Comments

    0 comments

    Latest Posts

    Don't Miss

    Comments

    0 comments