Wednesday, May 12, 2021
More
    •  
    •  
    •  
    •  
    •  
    •  

    Latest Posts

    हाम्रो सभ्यता नमस्कार र सलाममा – सलमान खान

    - Advertisement -
    •  
    •  
    •  
    •  
    •  
    •  

    बलिउड नायक सलमान खानले कोरोना भाइरस बाट बँच्न नमस्कार गर्न सझाव दिएका छन् ।  कोरोना भइरसबाट बच्नको लागि बलिउड स्टार सलमान खानले आफ्ना फ्यानहरुलाई सुझाव दिएका हुन् । सामाजिक संजालमा एक फोटो पोष्ट गर्दै कोरोनाबाट बच्ने उपाय उल्लेख गरेका छन् ।सलमानले कोरोनाबाट बच्नको लागि हात नमिलाउन आग्रह गरेका छन् । उनले लेखेका छन्, ‘नमस्कार, हाम्रो सभ्यता नमस्कार र सलाममा छ । जब कोरोना भाइरस खतम हुन्छ तब मात्र हात मिलाउने र अंकमाल गर्ने गरौँला ।’

    सलमानले कोरोनाकै कारण चलचित्र ‘राधे’को छायांकन नै स्थगित गरेका छन् । थाइल्याण्डमा हुने भनिएको सेड्‍युल उनले केही समयको लागि पछि सारेका छन् । कोरोनाबाट सुरक्षित हुनको लागि उनले छायांकन नै पछाडि सारेका हुन् ।चिनबाट सुरु भएको कोरोनाको त्रास अहिले विश्वव्यापी बनिरहेको छ । भारतमा पनि कोरोनाको सन्त्रास बढिरहेको अवस्था छ । धेरै जना सेलिब्रेटीहरु कोरोनाबाट बच्नको लागि सुझाव दिइरहेका छन् ।

    Comments

    0 comments

    Latest Posts

    Don't Miss

    Comments

    0 comments