चर्चित हास्यकलाकार शिबहरी पौडेलले आज जन्मदिन परेको छ । आज बैशाख १ गते उनले आफ्नो जन्मदिन घरमै मनाउदैछन् । हाँस्य टेलिश्रृङ्खला ‘जीरे खुर्सानी’ बाट चर्चामा आएका शिबहरी पौडेललाई जन्मदिनको अवसरमा धेरैले शुभकामना दिएका छन् ।
मुखाँ हान्नु जस्तो नामले परिचित शिबहरी मकवानपुर जिल्लामा जन्मिएका हुन् । उनले हालसम्म धेरै चलचित्रमा अभिनय गरेका छन् । उनको पछिल्लो चलचित्र ‘लक्का जवान’ चर्चामा छ ।

