Friday, May 7, 2021
More
    •  
    •  
    •  
    •  
    •  
    •  

    Latest Posts

    हाेसियार ! सुत्नु अघि बिर्सेर पनि कहिल्यै गर्दै नगर्नुहोस यी कामहरू

    - Advertisement -
    •  
    •  
    •  
    •  
    •  
    •  

    हाम्रो शरिर स्वस्थ राख्नको लागि स्वस्थ खानपान र व्यायाम मात्रै होइन आरामको पनि महत्वपूर्ण भुमिका हुन्छ । चिकित्सकहरुका अनुसार हामीले दैनिक कम्तीमा ७ देखी ८ घन्टा राम्रोसँग सुत्नु पर्छ ।

     

    तर पनि राती बिच्छ्यौनामा पल्टिँदा धेरै जसो मानिसलाई सजिलै निन्द्रा लाग्दैन । यस्तो हुनुमा हाम्रो अव्यवस्थित जिवनशैली जिम्मेवार छ । यदि तपाई राम्रोसँग सुत्न चाहानुहुन्छ भने राती सुत्नुअघि कहिल्यै नगर्नुहोस यी ८ काम

     

    १.सुत्नु अघि व्यायाम

    हाम्रो स्वास्थ र शरिरको लागि व्यायाम एकदमै महत्वपूर्ण कुरा हो तर राती सुत्न भन्दा कम्तिमा तिन घन्टा अगाडी नै गरेको राम्रो । किनभने एक्सरसाइजले शरिरको तापक्रम बढाँउछ र सुत्न असजिलो बनाँउछ त्यसैले सुत्न अघि कहिल्यै पनि एक्सरसाइज नगर्नुहोस ।

     

     

    २.टिभी हेर्ने वा वेव सर्फ गर्ने

    अध्ययनहरुका अनुसार सुत्न अघि स्क्रिन हेर्नाले तपाईको शरिरको निदाउने क्षमतामा ह्रास आँउछ । किनभने स्क्रिनहरुको उज्यालाले मेलाटोनिन नामक हर्मोनको विकासमा बाधा पुर्याउँछ जसले सुत्न सहयोग गर्छ । त्यसैले राती सुत्नु भन्दा एक घन्टा पहिले नै ल्यापटप, कम्प्युटर वा टिभी बन्द गर्नुहोस ।

     

     

    ३. तातो पानीले नुहाउने

    तातो पानीले नुहाउनाले तपाईको शरिरको तापक्रम बढाँउछ । तातो बढ्नाले र पसिना आउनाले तपाईलाई सुत्न गाह्रो बनाँउछ । त्यसैले सुत्नु अघि शरिर चिसो बनाउनुहोस ।

     

     

    ४. धेरै तरल पदार्थ पिउने

    क्याफिन र अल्कोहल दुवैले राती सुत्न गाह्रो बनाँउछ । यसैगरी सुत्नु अघि एक दुई घन्टा भित्र धेरै तरल पदार्थ पिउनाले बाथरुम धेरै जान पर्ने बनाँउछ र तपाँईको निन्द्रा बिथोल्न सक्छ । तर फेरी पानी पिउँदै नपिउनाले पनि तपाईलाई राती तिर्खा लाग्न सक्छ त्यसैले यसमा ब्यालेन्स गर्नुपर्ने हुन्छ ।

     

     

    ५.राती अबेरसम्म काम

    तपाईको जति नै महत्वपूर्ण काम भएपनि राती गर्नु भन्दा बिहानै उठेर गर्दा राम्रो हुन्छ । किनभने सुत्नुअघि काममा ध्यान केन्द्रित गर्दा तपाईको दिमाग उत्तेजित हुन्छ र तनाव उत्पन्न हुन्छ जसले राम्रो सँग निदाउन दिँदैन् ।

     

     

    ६.मनोरञ्जनात्मक कथाहरु पढ्ने

    यदी तपाँई एकदमै चाखलाग्दो उपन्यास पढिरहनुभएको छ भने तपाईलाई अझै एक पाना एक पाना भन्दै पढ्न मन लाग्छ जसले तपाईको निन्द्रा नै हराँउछ । त्यसैले सुत्नुअघि कहिल्यै पनि मनोरञ्जनात्मक कथाहरु नपढ्नुहोस ।

     

     

    ७. पाल्तु जनावरलाई सँगै सुताउने

    आफ्नो पाल्तु जनावरलाई छातिमा राखेर सुत्नाले वा सँगै सुताउनाले पनि तपाईको निन्द्रा खराब गर्न सन्छ । त्यसैले आफ्नो पाल्तु जनावरलाई सँगै नसुताउनुहोस ।

     

     

    ८.गम्भिर कुराकानी गर्ने

    कुनै गम्भिर कुराकानी वा झगडा गरेर सुत्नुभयो भने तपाईको दिमागमा धेरै कुरा खेल्छ र निन्द्रा लाग्दैन । त्यसैले राती सुत्न अघि कहिल्यै पनि गम्भिर कुराकानी वा झगडा नगर्नुहोस ।

    Comments

    0 comments

    Latest Posts

    Don't Miss

    Comments

    0 comments