in ,

‘हेभी गाउन’ लगाएर ४ वटा कुर्सीमा बसिन् उर्वशी राउटेला

बलिउडको चर्चित एवं प्रतिष्ठित फिल्म फेयर अवार्ड हालै गुहाटीमा सम्पन्न भएको छ ।यस अवार्ड समारोहमा आलिया भट्ट र रणवीर सिंहको फिल्म गाली ब्वायले धेरै अवार्ड जितेर अहिले चर्चामा रहेको छ । यस अवार्ड समारोहमा अवार्डको भन्दा अहिले एक अभिनेत्रीले लगाएको ड्रेसको चर्चा बढी भइरहेको छ ।अभिनेत्री उर्वशी राउटेलाले फिल्म फेयरमा सहभागी हुन लगाएको ड्रेसको भिडियो अहिले सामाजिक संजालमा भाइरल भैरहेको छ ।

 
Freelance Editing
 

उर्वशीले लगाएको ड्रेस उठाउन चार जनाको सहायता लिनु परेको थियो । डिजाइनर अल्बीना डायलाले डिजाइन गरेको ,अफ शोल्डर इम्बेलिश्ड बल गाउनु लगाएर समारोहमा पुगेकी उर्वशीले आफु बस्न मात्र चार कुर्सिको प्रयोग गरेकी थिइन् । ७३० घण्टा समय लगाएर बनाइएको सो ड्रेस यति लामो र फराकिलो थियो की उनी बस्न नै चार कुर्सिको प्रयोग गर्नु पर्यो ।

What do you think?

Written by Filmy News

पूर्वयुवराज पारसले दिए सोनिकालाइ हिराकाे हार

धुर्मुस भन्छन्-‘सेन्टीभाइरस’ले दर्शककाे मन जित्छ