in

होम क्वारेन्टिनमा मृत्यु भएकी महिलाको रिपोर्ट नेगेटिभ

कैलालीमा शुक्रबार राति होम क्वारेन्टिनमा मृत्यु भएकी महिलाको कोराना रिपोर्ट नेगेटिभ आएको छ।

 

जिल्लाको गोदावरी नगरपालिका वडा नम्वर १० की ४३ वर्षीय महिलाको कोराना रिपोर्ट नेगेटिभ आएको सेती प्रादेशिक अस्पतालका सुचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिएका छन्। जेठ २६ गते भारतबाट आएकी ती महिला वडा अध्यक्षको निगरानीमा होम क्वारेन्टिनमा बसेकी थिइन्।

उनीसँगै भारतबाट आएका उनका श्रीमान्, छोरा र छोरी पनि सँगै क्वारेन्टिनमा बसेका थिए। मृतक महिला प्यारालाइसिस र उच्चरक्तचापको विरामी थिइन्।

What do you think?

Written by Filmy News

मोटरसाइकलको ठक्करबाट एक बालकको मृत्यु, तीनजना घाइते

श्वेताश्री फाउन्डेशनलाई सनराइज बैंककाे ५ लाख सहयोग