in

१६ वर्षीया चार्ली टिकटकमा १० करोड पलोअर्स कमाउने पहिलो व्यक्ति

Charli D'Amelio

विभिन्न सामाजिक सञ्जालहरुमध्यै टिकटक पनि एक हो । पछिल्लो समय यो निकै चर्चित पनि छ । छोटा भिडियोका लागि प्रख्यात यो सञ्जाल धेरै नेपालीले पनि प्रयोग गर्छन् । छोटो समयमा नै धेरैको रोजाइमा परेको टिकटकमा अमेरिकाकी चर्चित टिकटक प्रयोगकर्ता चार्ली डिमेलियोले १० करोड फलोअर्स कमाउने पहिलो व्यक्ति भएकी छिन्।

उनले विश्वका ठूला सेलेब्रिटी, युट्युबर र इन्स्टाग्रामरलाई पछि पार्दै टिकटकमा नयाँ इतिहास बनाएकी हुन्। १६ वर्षीया चार्ली विशेषगरी आफ्ना नाचका लागि चर्चित छन्। डिमेलियोले टिकटक भिडियो बनाउन थालेको धेरै पनि भएको छैन। उनले सन् २०१९ मे महिनामा आफ्नो पहिलो टिकटक भिडियो पोस्ट गरेकी थिइन् ।

चार्लीको परिवारमा उनीसँगै उनकी दिदी र आमाबुबा उत्तिकै चर्चित छन्। चार्लीकी दिदी डिक्सी डिमेलियो गायक हुन्। यी दुई दिदीबहिनीले आफ्नै पोडकास्ट सुरू गरेका छन्। चार्लीकी आमाबुबा हेइडी र मार्क डिमेलियोले पनि टिकटक, इन्स्टाग्राम र ट्विटरमा फलोअर्स कमाइरहेका छन्।

What do you think?

Written by filmy news

३१ बर्ष लागिन् नायिका केकी अधिकारी

बिस्कुट चाख्ने जागिर, तलब पाइन्छ यति धेरै