विश्वमा विभिन्न अनौठा घटनाहरु घटिरहेका हुन्छन् । कुनै यस्ता कुरा हुन्छन् जुन पत्याउन निकै मुस्कील पर्छ । यस्तै बेलायतमा केही समयअघि एक अनौठो घटना घटेको थियो ।
बेलायतकी पूर्वमोडल इलिजावेथ होडले कुकुरसँग विवाह गरेकी थिइन् । यो सुन्दा अचम्म लाग्ला, तर उनले केटाहरुसँगको प्रेम असफल भएपछि कुकुरसँग विवाह गरेकी हुन् । उनको २ सय २१ जना केटासँगको प्रेम असफल भएपछि सन् २०१९ को जुनमा कुकुरसँग विवाह गरेकी हुन् ।

४९ वर्षकी मोडल इलिजावेथले आफ्नो घरपालुवा कुकुर लोगनसँग विवाह गरेपछि धेरै मानिसहरु चकित परे । उनले टेलिभिजन कार्यक्रमको प्रत्यक्ष प्रसारणमा कुकुरसँग विवाह गरेकी हुन् । उनले ८ बर्षको अवधीमा २२० जना पुरुषहरूसँग डेट गरेकी थिइन् । धेरैसँग उनको सम्बन्ध बिच्छेद भएपछि कुकुरसँग विवाह गरेकी हुन् ।
