in ,

३१ बर्ष लागिन् नायिका केकी अधिकारी

चर्चित नायिका केकी अधिकारीलको आज जन्मदिन परेको छ । केकी काठमाडौंको जोरपाटीमा सन् १९८९ को १७ डिसेम्बरमा जन्मेकी हुन् । आजबाट केकी आफ्नो जीवनको ३० वर्ष पार गरेर ३१ बर्षकी भइन । पिता बद्रि अधिकारी र माता लक्ष्मी अधिकारीको कोखबाट जन्म लिएकी केकी निकै चन्चल र फुर्तिलो स्वभावकी छिन् ।

केकी एक नेपाली अभिनेत्री तथा व्यावसायिक मोडेल हुन् । उनी थुप्रै नेपाली साङ्गीतिक भिडियो, टेलिभिजन विज्ञापन तथा आधा दर्जन बढी नेपाली चलचित्रमा काम गरीसकेकी छिन् ।केकीले नेपाली चलचित्र क्षेत्रमा प्रवेश गर्नु पूर्व विभिन्न साङ्गीतिक भिडियोमा काम गरेकी गर्दै आएकी थिन । केकीले आफ्नो चलचित्र पदार्पण स्वर चलचित्रबाट गरेकी थिइन् ।

केकीले अभिनय गरेका चलचित्रहरु आइ एम सरी, मसान, मायाको बारीमा, महसुस, बितेका पल र कोहलपुर एक्स्प्रेस, छक्का पन्जा ३ मा बलियो अभिनयले सबैको मन लोभ्याएकी छिन ।केकी अधिकारीले मानब संसाधन ब्यबस्थापनमा केअफए बिजनेस स्कुलबाट २०१६ मा डिग्री हासिल गरेकी छन् । केकीले स्नातक तह २०१३ मा त्रिभुवन युनिभर्सिटीबाट पास गरेकी हुन् ।

केकीले बाल सिरिजनालय स्कुल, काठमाडौँबाट एसएलसी पास गरेकी हुन्। उनले प्रमाणपत्र तह ह्वाइटहाउस कलेजबाट उतिण गरेकी उनी नेपाली चलचित्र क्षेत्रमा अतुलनीय भुमिका निर्भाह गर्दै आएकी छिन् । केकीको प्रथम अभिनय रहेको सिनेमा स्वर बाट नेपाली सिनेमामा प्रबेश गरेकी केकी नेपाली दर्शकको मनमा बस्न सफल भइसकेकी छन् ।

What do you think?

Written by filmy news

विवाह मण्डपबाटै पुरोहित र बेहुला तथा बेहुला बेहुलीसहित ६ जना पक्राउ

Charli D'Amelio

१६ वर्षीया चार्ली टिकटकमा १० करोड पलोअर्स कमाउने पहिलो व्यक्ति