Thursday, April 15, 2021

सलमान खानको फिल्म ‘राधेः योर मोस्ट वान्टेड भाई’ मे १३ मा प्रदर्शन हुने

बलिउड सुपरस्टार सलमान खानको फिल्म ‘राधेः योर मोस्ट वान्टेड भाई’ मे १३ मा प्रदर्शन हुने भएको छ । सलमानले दर्शकहरुलाई वाचा गरेअनुसार राधे फिल्मको...
More

    Latest Posts

    कलाकारहरुको फेसबुक आइडी ह्याक गर्ने १४ वर्षीय किशोर पक्राउ

    - Advertisement -

    कलाकारहरुको फेसबुक आइडी ह्याक गर्ने १४ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय साइबर ब्यूरोको टोलीले विद्युतीय कारोबार ऐन २०६३ बमोजिम कसूर गरेको आरोपमा पर्सा बहुदरमाई नगरपालिका–५ बस्ने १४ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको हो ।

    पक्राउ परेका उनीमाथि पर्सा प्रहरी कार्यालयले थप अनुसन्धान गरिरहेको जनाएको छ । केही कलाकारहरूले प्रयोग गर्दै आएको सामाजिक सञ्जालमा अनाधिकृत पहुँच पुर्‍याई फेसबुक एकाउण्ट ह्याक गरी उक्त एकाउण्टमा जोडिएका साथीहरूसँग रकम माग गरेको भन्ने सूचनाको आधारमा प्रहरी प्रधान कार्यालय साईबर ब्यूरोबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय पर्साको सहयोगमा उनलाई पक्राउ गरेको हो ।

    यसअघि कलाकार सरोज खनाल, दीपाश्री निरौला लगायतका फेसबुक एकाउण्ट ह्याक भएको थियो भने निरौलाले प्रहरीको साइबर ब्यूरोमा उजुरी दिएकी थिइन् ।

    Comments

    0 comments

    Latest Posts

    Don't Miss

    Comments

    0 comments