in

हात नमिलाऔं, नमस्कार गरौं

यतिबेला विश्वभर कोरोना भाइरसको त्रास छ। घर, कार्यालय तथा स्कुलमा मास्क अनिवार्य गरिएको छ। संक्रमणको त्रासले एकअर्कालाई स्पर्श नगर्न र बिरामीबाट टाढै रहन सबै सचेत छन्। हात मिलाउन नमिल्ने भएपछि चीनमा खुट्टा जोडेर अभिवादन गरेको भिडियो भाइरल भयो। चिनेजानेका आफन्त, साथीभाइ, सहकर्मीलाई भेट्दा अभिवादन गर्ने प्रचलन सबैतिर छ। अभिवादनको शैली जाति, भाषा, समुदाय, भूगोलअनुसार भिन्नभिन्न हुन्छ।

 

 

संस्कृतिविद् हरिराम जोशीका अनुसार शरीर नजोडी टाढैबाट अभिवादन गर्ने शैली नमस्कार हो। ‘देवस्थलमा भगवान्को अगाडि झुकेर नमस्ते गर्ने चलन छ’, जोशीले भने, ‘यही संस्कार पछ्याउँदै व्यक्ति–व्यक्तिबीच नमस्कार संस्कारको विकास भएको हो।

What do you think?

Written by Filmy News

विवाहमा प्रियंकाले किन बोलाइनन् आँचललाई

काठमाण्डौमा होली खेल्न नपाइने