Wednesday, May 12, 2021
More
    •  
    •  
    •  
    •  
    •  
    •  

    Latest Posts

    रुकुम घटनाबारे नायिका करिष्मा मानन्धर – अभिभावकले बालबालिकाका क्रियाकलाप बारे जानकारी राख्नुपर्छ

    - Advertisement -
    •  
    •  
    •  
    •  
    •  
    •  

    पश्चिम रुकुममा भएको जा’ती’य हिं’साको घटनालाई लिएर यतिबेला नेपाली फिल्मकर्मीहरुले पनि रुकुम घटनाको बारेमा आफ्नो मत राखिरहेका छन् । यसैबीच, अभिनेत्री करिश्मा मानन्धरले पनि उक्त घटनाबारे आफ्नो धारणा राखेकी छिन् ।

    नवराज द’लि’त भएकै कारण उक्त घटना घटेको भन्दै सामाजिक सञ्जालमा चर्को वि’रो’ध भैरहेको बेला अभिनेत्री करिश्मा मानन्धरले रुकुममा घटेको अकल्पनीय घटनाको नि’न्दा गरेकी छन् । उनले फेसबुकमा स्टाटस लेख्दै यो घटनाको सत्यतथ्य छानविन गर्न सम्बन्धित निकायसँग माग समेत गरेकी छन् । नेपाली समाजले जति नै समानताका कुरा गरे पनि सुषुप्त अवस्थामा जातीय वि’भे’दको रो’ग टाँसिएर बसेको उनको भनाई छ ।

    रुकुम घटनाबारेआफ्नो विचार राख्दै करिश्माले लेखेकी छन्, “रुकुम घटनालाई हरेक नागरिकले आ-आफ्नो तरिकाले बुझेको सामाजिक संजालका टिप्पणीहरुले देखाउछ , अवस्य पनि यो अकाल्पनिय घटनाको जति नि’न्दा गर्दा पनि कमै हुन्छ । यसकाे सत्यतथ्य छानबिन सम्बन्धि निकायले निस्पक्ष ढंगले गर्नैपर्छ । वास्तवमा घटना येस्तो प्रकृतिको छ कि यसलाइ विभिन्न कोणबाट हेर्न जरुरी छ । धेरैले यसलाइ जा’तीय वि’भे’दको कोणबाट हेरेको छ !

    त्यो पनि हुन सक्छ किनभने हाम्रो समाजले जतिसुकै समानताको कुरा गरेपनी सुषुप्त अवस्थामा यो दीर्घ रो’ग कतै टासिएर अझै बसेको छ ! व्यक्त नगरे पनि कहिलेकाही व्यबहारमा त्यो निस्किन्छ । हामी सबैलाई थाहा छ यो संस्कृति होइन मनिसले नै चलाएको कु’रि’ती हो। हिन्दु धर्मग्रन्थमा कुनै जातलाइ हेप भनेको छैन बरु मानिस उसको कर्मले ब्राह्मण हुन्छ भनेको छ । मेरो विचारमा ! घटना अपरिपक्व किसोर , किशोरी को सम्बन्ध का कारण भयो ,उनिहरु त ल उमेर का कारण सहि निर्णय लिन सक्ने अवस्था मा थियेनन तर गाउँका अरु बाट येस्तो त्रुटी कसरी हुन गयो? आफ्ना केटाकेटीहरु के क्रियाकलाप गर्दैछ्न अभिभावकले दिनुपर्ने ध्यान कम भयेको हो कि?

    सामाजिक संन्जालमा खुलेआम आफ्नो भावना व्यक्त गरिरहेका थिए केटाकेटी ले ! अभिभावकले सामुन्ने यी सबै परिस्थिति राखेर सम्झाउनु पर्थ्यो कि । आफ्ना बच्चा कहाँ गए , कस्कोमा बसे , घर आए आएनन्! ध्यान दिन कमि पो भयो कि ?  बच्चा नाबालिक भनेर मात्रै भएननी नाबालकले के गर्दैछ त्यो पनि हेर्नुपर्यो। कहिलेकाही कस्तो हुन्छ भने यदि बच्चाहरु बुझ्न् चाहादैनन भने परिस्थितिलाई सहज पार्न ठुलोबडाले संमयम्ता अपनाउनु पर्छ ! जब केटालाई एक पटक पि’टपा’ट गरि पुलिसलाई जिम्मा लगाइ सकेको रहेछ तर पनि केटो फेरि नटेरेर आउँछ भने अझै सहज वातावरण बनाएर फर्काउनु पर्थ्यो कि लखेटि लखेटी तिनलाइ प्यानिक बनाउने ? यो घटना ,गलतबुझाइ , आ’वेग , केटाहरूको आ तं’कित मनस्थिति र गाउँलेहरुले गुमाएको मानसिक संमयम्ता नै मुख्य कारण देखिन्छ । तर घटना घट्नुको एउट कारण चाहि अभिभावकले आफ्ना बच्चालाई के गलत के सहि भनेर बुझाउन नसक्नु पनि हो ।

    संस्कार दिनु अभिभावकको कर्तव्य हो ।
    घर परिवार, केटाकेटी को पहिलो स्कुल हो ।
    परिस्थिति बुझाउन नसक्दा तेतिका बच्चाहरुको ज्या’न गयो!
    कसैको ज्या’न लिने कसैको अधिकार छैन!
    तेसैले घटनाका दो’शि’हरुलाइ कडा का’र्वा’ही हुनुपर्छ ।”

     

     

    Comments

    0 comments

    Latest Posts

    Don't Miss

    Comments

    0 comments