in ,

विवाह बन्धनमा बाँधिएपछि श्वेता खड्काले किन लेखिन् यस्तो?

अभिनेत्री श्वेता खड्का विवाह गरिन । विवाह बन्धनमा बाँधिएपछि उनले सामाजिक सञ्जालमा भावुक हुँदै स्टाटस लेखेकी छन् ।

धनगढीका विजयेन्द्रसिंह रावतसँग उनले लगनगाँठोमा कसेकी हुन् । उनीहरुको विवाहको कार्यक्रम काठमाडौँको गोकर्ण फरेष्ट रिसोर्टमा आयोजना गरिएको थियो ।कोरोनाको कहरका कारण उनीहरुको विवाहमा सीमित व्यक्तिको मात्र उपस्थिति रहेको थियो ।

अभिनेत्री श्वेता खड्काले यस्तो लेखिन –

”अनत्वगोत्वाः मैले सिउँदोमा सिन्दुर भरें , हातमा सप्तरङ्गी चुरा लगाएँ अनी रङ्गिन पहिरन भित्र आफुलाई सजाएँ । मैले जिन्दगीको अर्को एउटा यात्रामा पाइला चालें ।मेरो यो यात्रामा मेरा सम्पुर्ण इष्टमित्र , आफन्तजन , गन्यमान्य ब्यक्तित्व , शुभचिन्तक लगाएत मलाई सँधै साथ र समर्थन गर्ने मेरा संचारकर्मी मित्रहरुको सुवेक्षा र आशिर्वादको खाँचो छ । मैले सुरु गरेको जिन्दगीको यो अर्को अध्यायमा अझै धेरै गर्न बाँकी छ । मैले नेपाली सिने जगतलाई मेरो शिरको सिन्दुर जस्तै अझै उच्च स्थानमा पुर्‍याउनु छ ।

निर्माणाधिन माझिटोललाई आज सँजिएको बिहेको मण्डप भन्दा पनि अझै सजाउनु छ । मैले थालेका ब्यावसायहरुलाई मेरो हातमा चम्किएका चुराहरु जस्तै चम्काउनु छ । मैले अझ धेरै काम गर्न बाँकी छ । थाती रहेका मेरा कार्यहरुमा थप उत्साह र उमंग बोकेर लागी पर्नेछु । म थप शसक्त नारीको रुपमा तपाईहरुको सामुन्ने प्रस्तुत हुनेछु ।आगामी दिनमा एकल महिलाको शसक्तिकरणमा केही गर्न पाए हुन्थ्यो भन्ने सोच छ । त्यस्लाई साकार बनाउनको लागी म प्र यासरत रहनेछु । अतः मलाई तपाइहरु सम्पूर्णको साथ , साल्लाह , सुझावका साथै शुभ आशिर्वादको आवस्यक्ता छ ।

 

हिजोका दिनमा भन्दा पनि आगामी दिनमा मैले सबैबाट अझ धेरै माया, सदभाव र साथ पाउने आशा बोकेकी छु।”

What do you think?

Written by filmy news

बिग ब्यास लिग खेल्न सन्दीप लामिछाने अष्ट्रेलिया उडे

अत्ति भयो भन्दै पूर्वपत्नि मिनाविरुद्व मनोज गजुरेल कानूनी लडाई लड्ने, डिभोर्स भएको तीन बर्षपछि किन भने यस्तो?