भारतमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण तिव्र गतिमा फैलिरहेको छ । कोरोनाको दोस्रो लहर चलिरहेको भारतमा बलिउडका कलाकारमा पनि संक्रमण देखिएको छ ।
यस्तै बलिउड अभिनेत्री कैट्रिना कैफलाई पनि कोरोनाभाइरसको संक्रमण देखिएको छ । आफुलाई संक्रमण भएको बारे कैट्रिनाले सामाजिक सञ्जाल इंस्टाग्राममार्फत जानकारी गराएकी छिन् ।
उनले भनेकी छिन् – ‘मलाई कोरोना पोजेटिभ देखिएको छ । म अहिले होम क्वारेन्टाइनमा बसेको छु ।डाक्टरको सल्लाह बमोजिम मैले सुरक्षा अपनाइरहेको छु । मेरो सम्पर्कमा आउने सबैलाई तुरुन्तै आफ्नो जाँच गराउन अनुरोध गर्दछु ।’
यसअघि अक्षयकुमार, गोबिन्दा, आमिर खान, आलिया भट्ट, फातिमा, आर धाधवन, परेश रावल, मिलिंद सोमन, रेश ३ का डाइरेक्टर रमेश तेरानी, इण्डियन आइडलका एंकर आदित्य नारायण र उनी पत्नी श्वेता अग्रवाल लगायतका कलाकारमा पनि संक्रमण देखि सकेको छ । अक्षय भने अहिले अस्पतालमा भर्ना भएका छन् ।
Comments
0 comments