बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टीको चन्डीगढकी सांसद किरण खेरलाई ‘ब्लड क्यान्सर’ भएको छ। किरण खेरलाई मल्टिपल साइलोमा भएको खुलासा भएको हो। यो एक किसिमको ब्लड क्यान्सर हो । अहिले किरणको मुम्बइमा उपचार भइरहेको बताइएको छ ।
किरण खेरका मित्र तथा भाजपा चण्डीगढका सदस्य अरुण सूदले विशेष पत्रकार सम्मेलन गरेर किरणको स्वास्थ्यबारे खुलासा गरेका हुन् । उनका अनुसार किरण २०२० देखि नै यो समस्याको उपचार गराइरहेकी छिन् । किरण खेर बलिउड अभिनेता अनुपम खेरकी पत्नी हुन् । पत्रकार सम्मेलनमा सूदले भने ‘गएको नोभेम्बर ११ मा उहाँको हात चण्डीगढको घरमा हुँदा फ्र्याक्चर भएको थियो । चण्डीगढको पोस्ट ग्रयाजुएट इन्स्टिच्युट अफ मेडिकल एजुकेसन एण्ड रिसर्च मा उपचारको क्रममा यहाँमा मल्टिपल साइलोमाको सुरुवाती पक्षण पाइयो । यो समस्या बायाँ हातबाट दायाँ काँधसम्म फैलिएको थियो । ४ डिसेम्बरमा एयरलिफ्ट गरेर उहाँलाई उपचारको लागि मुम्बइ ल्याइयो । त्यसपछि उहाँको उपचार भइरहेको छ ।’
किरणले १९८३मा रिलिज भएको पंजाबी फिल्म ‘आसरा प्यार दा’ फिल्मी दुनियाँमा प्रवेश गरेकी थिइन्। उनको बलिउडमा पहिलो फिल्म ‘पेस्तोंजी’ (१९८८) हो। उनले हिन्दी फिल्म ‘सरदारी बेगम'(१९९६)बाट पहिलो पटक नेशनल (स्पेशल जूरी) फिल्म अवार्ड प्राप्त गरेकी थिइन्। बंगला फिल्म ‘बारीवाली/द लेडी अफ द हाउस’ (१९९९)बाट उनले दोस्रो नेशनल अवार्ड जीतेकी थिइन्। उनको देवदास’ (२००२), ‘वीर जारा’ (२००४), ‘ओम शान्ति ओम’ (२००७) ‘खूबसूरत’ (२०१४) जस्ता फिल्म सुपरहिट छन्।
— Anupam Kher (@AnupamPKher) April 1, 2021
Comments
0 comments