Thursday, April 15, 2021

सलमान खानको फिल्म ‘राधेः योर मोस्ट वान्टेड भाई’ मे १३ मा प्रदर्शन हुने

बलिउड सुपरस्टार सलमान खानको फिल्म ‘राधेः योर मोस्ट वान्टेड भाई’ मे १३ मा प्रदर्शन हुने भएको छ । सलमानले दर्शकहरुलाई वाचा गरेअनुसार राधे फिल्मको...
More

    Latest Posts

    २ लाखको पुरस्कारको अनलाइन नृत्य प्रतियोगिता

    - Advertisement -

    रामु मगर/ मगर परिवार नेपालले अन्तर्राष्ट्रिय खुल्ला मगर एकल अनलाइन नृत्य प्रतियोगिता-२०७७ आयोजना गर्न लागेको छ ।

    ‘मगरहरुकाे कला र प्रतिभालाई प्राेत्साहन भेषभुषा, भाषा, संस्कार र संस्कृति संरक्षण गर्ने हाम्रो अभियान’ भन्ने मुल उदेश्यकाे साथ मगर परिवार नेपालले चैत्र ७ गतेदेखी अन्तर्राष्ट्रिय खुल्ला मगर एकल अनलाइन नृत्य प्रतियोगिता आयोजना गर्न लागेको जनाएकाे छ ।

    प्रतियोगितामा सहभागी हुन सम्पूर्ण मगर समुदायलाई मगर परिवार नेपालले अनुरोध समेत गरेको छ । रामेछाप जन्मिइ हाल काठमाडौमा बसोबास गरिरहेका पवित्रा आले मगरले आफ्नो स्वर्गीय छाेरा भुवन आले मगरकाे सम्झनामा प्रतियोगिताको पुरस्कार प्रायोजन गरेका हुन् ।प्रतियाेगितामा ४ जनालाइ गरेर कुल २ लाखकाे पुरुस्कारकाे व्यवस्था गरिएकाे छ । प्रथम पुरस्कार १ लाख, द्वितीय पुरस्कार ५० हजार, तृतीय पुरस्कार ३० हजार र सान्त्वना पुरस्कार २० हजार रुपैयाँ रहेको छ भने सबै बिजेताहरुलाई सम्मानपत्र समेत प्रदान गरिने मगर परिवार नेपालले जनाएकाे छ ।

    कार्यक्रमको नतिजा सार्वजनिक कार्यक्रम चैत्र २१ गते शनिबार दिउँसो ३ बजे जुम लाइभ मार्फत र मगर परिवार नेपालको फेसबुक ग्रुपमा प्रत्यक्ष प्रसारण गरिनेछ । आयोजकले प्रतियोगिताको निम्न नियमहरु पारित गरेको छ ।

    १. भिडियो पाेष्ट गर्ने समय बिहान ७ बजेबाट साँझ ७ बजेसम्म मात्रै । याे समय भन्दा अघिपछि आएको भिडियो प्रतियोगितामा समाबेश गराइने छैन ।

    २. प्रतियोगितामा सबै उमेर समुहको प्रतियोगि मगर कलाकारहरु सहभागी हुन पाउनेछन् ।

    ३. प्रतियोगि कलाकारले नृत्य भिडियो बनाउदा आफ्नाे परिचय माैखिक रूपमा अनिवार्य भिडियोकाे सुरुमै भन्नु पर्नेछ र भिडियो पाेष्ट गर्दा क्यापसनमा नाम, ठेगाना हालकाे बसाई अनिवार्य खुलाउनु पर्नेछ ।

    ४. प्रतियोगितामा हिन्दी,अंग्रेजी र र्‍याप बाहेक सबै खाले नेपाली गीत वा मगर गीतहरुको अडियो बजाएर एकल नृत्य गरेको भिडियो ३ मिनेटकाे हुनुपर्नेछ। अन्यथा ३ मिनेट भन्दा कम्ती रहेकाे नृत्य भिडियो मान्य हुने छैन l

    ५. प्रतियोगिहरुले युट्युवबाट पुरानो भिडियो डाउनलाेड गरि पाेष्ट गर्न पाईने छैन । यदि त्यसो गरेको थाहा पाइएमा प्रतियोगीताबाट तुरुन्तै पाेष्ट हटाइनेछ ।

    ६. प्रतियोगिहरुलाई मगर पाेषाक अनिवार्य नपर्ने गीत अनुसारको पाेषाकमा नृत्य गरेको भिडियो पनि मान्य हुनेछ। तर विवादित खालको पोषाक छ भने त्यो भिडियो मान्य हुनेछैन ।

    ७. प्रतियोगिहरुकाे नृत्य भिडियो साँझ ७ बजे देखी एकैसाथ अप्रुभ हुनेछ ।

    ८. प्रतियोगिहरुलाई सेयर, मेन्सन, ट्याग, भिडियो इडिट सबै खुल्ला रहनेछ। तर अढियाे लाइक भने मान्य हुनेछैन यदि अडियाे लाइक गरेको थाहा पाईएमा तुरुन्तै भिडियो ग्रुपबाट हटाईनेछ ।

    ९. लाइकबाट ४० र निर्णयकबाट ६० गरि जम्मा १०० पुर्णाङ्ककाे प्रतियोगिता हुनेछ l साेही पुर्णाङ्कमा आधारित भई विजेता घाेषणा गरिनेछ ।

    १०. विजेता प्रतियोगिहरुले पाउने पुरस्कार मध्य ५० प्रतिशत लिएर बाँकी ५० प्रतिशत भने मगर परिवार नेपाल राहत काेषमा जम्मा गर्नुपर्नेछ । साथै विजेता प्रतियोगि सबैजना पालै/पालाे ग्रुपमा लाइभ बस्नुपर्नेछ ।

    ११. प्रतियोगिताको भाेटिङ समय#१३ दिन अर्थात् चैत्र २० गते शुक्रबार साँझ ५ बजेसम्म मात्र ।

    १२. प्रतियोगि कलाकारहरुले ग्रुपमा धेरै भन्दा धेरै मगर लाफाहरुलाई इन्भाइट गर्नुपर्नेछ ।

    १३. प्रतियोगीताको अवधि भर कुनै विवाद उत्पन्न भएको खण्डमा आयाेजक समितिको निर्णय नै अन्तिम हुनेछ ।

    Comments

    0 comments

    Latest Posts

    Don't Miss

    Comments

    0 comments